अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०५ | Colorodo: 13:20

प्रधानमन्त्री ओली र बेलायती प्रधानमन्त्री थेरेसा मे बीच भेटवार्ता

बिआरटीनेपाल २०७५ असोज ११ गते ९:४२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती प्रधानमन्त्री थेरेसा मे वीच भेटवार्ता भएको छ । बिहीबार उहाँहरुवीच संयुक्त राष्ट्र संघको मुख्यालयमा भेटवार्ता भएको नेपाल सरकार परराष्ट्रमन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्र संघ महासभाको ७३ औँ अधिवेशनमा भाग लिन अमेरिकामा रहनुभएका प्रधानमन्त्रीद्वय ओली तथा मे बीच भेट भएको हो ।

भेटका अवसरमा नेपाल तथा बेलायतबीच शताब्दीयौँदेखि रहँदै आएको मित्रता तथा द्वीपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको जनाईएको छ । उहाँहरुवीच व्यापार, लगानी तथा पर्यटनसहितका बहुपक्षीय क्षेत्रमा सहयोग बलियो बनाउने विषयमा पनि छलफल भएको वताईएको छ ।

भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुनकुमार कार्की तथा संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूत काफ्ले, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो । न्युयोर्क वसाईका क्रममा प्रधानमन्त्री ओलीले यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानडाका प्रधानमन्त्री जस्टिन टुडो, भारतीय विदेशमन्त्री सुस्मा स्वराज लगायतका राष्ट्रप्रमुख एवं प्रतिनिधीहरुसंग संक्षिप्त भेटवार्ता गर्नुभएको थियो ।

प्रतिक्रिया