अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३९ | Colorodo: 19:54

राष्ट्रियसभाबाट प्रशासकीय अदालतसम्बन्धी विधेयक पारित

बिआरटीनेपाल २०७५ असोज ११ गते ९:४० मा प्रकाशित

प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ राष्ट्रियसभा बैठकबाट बहुमतले पारित भएको छ । राष्ट्रियसभाको बिहीबारको बैठकले विधेयक पारित गरेको हो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव वहमुतले पारित भएको हो । यसैगरी, शान्ति विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताको सम्मेलन गर्नेसम्बन्धी प्रस्ताव पनि वैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

रराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले ‘शान्ति विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताको सम्मिलन गर्नेसम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो । बैठकमा राष्ट्रियसभाका सचिवालय सचिव डा भरतराज गौतमले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘राहदानी विधेयक, २०७५’ लाई टेबुल गर्नुभएको थियो ।

सभामा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १८४ को उपनियम (१) बमोजिम सांसद रामप्रीत पासवानको बैठकमा अनुपस्थितिको सूचनालाई स्वीकृतिका लागि सदनसमक्ष प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृतसमेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू