अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२३ | Colorodo: 19:38

संघीय संसद्को बजेट अधिवेशन अन्त्य

बिआरटीनेपाल २०७५ असोज ११ गते ९:३८ मा प्रकाशित

संघीय संसद्को बजेट अधिवेशन बिहीबारदेखि अन्त्य भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिबाट अधिवेशन अन्त्यको पत्र पढेर सुनाउदै अधिवेशन अन्त्य भएको सदनलाई जानकारी गराउनुभयो । पत्र अनुसार संसद् अधिवेशन बिहीबार राति १२ बजेदेखि औपचारिक रुपमा अन्त्य हुनेछ । आजको संसद वैठकमा सभामुख महराले दोस्रो अधिवेशनमा भए/गरेका कामकारबाही बारे संसदलाई संक्षिप्त जानकारी गराउनुभएको थियो । यो अधिवेशनको पहिलो बैठक गत वैशाख २१ गते वसेको थियो ।

सभामुख महराका अनसार प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा बिहीबार सम्ममा १ सय ३५ दिन बैठक बसेको छ । जसअन्तर्गत गत जेठ ७ देखि असार ८ सम्म राष्ट्रियसभा र प्रतिनिधिसभाको ४ पटक वटा वैठक संयुक्त रुपमा वसेका थिए । यो अधिवेशनबाट संसद् नियमावली , सरकारको नीति तथा कार्यक्रम , दुवै सदनका विषयगत समितिहरु गठन गरी सभापति चयन लगायतका महत्वपूर्ण कार्य भएको सभामुख महराले जानकारी दिनुभएको छ ।

अधिवेशन अवधिमा महिला हिंसा विरुद्धको संकल्प प्रस्ताव पारित भएको छ भने , विकास निर्माण र चिकित्सा शिक्षामा बढ्दै गएको विसंगति नियन्त्रणसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव माथि छलफल गरिएको थियो । अधिवेशन अन्त्य गर्दै सभामुख महराले संसद्को विशेष र शून्य समयमा सांसदहरु ले उठाएका सडकको अवस्था सुधार, मूल्य नियन्त्रण, सुशासनलगायत विषयमा सरकारको पुनः ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू