अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५९ | Colorodo: 19:14

दोहोरो अंकको गिरावटमा ५७ करोडको सेयर कारोबार

बिआरटीनेपाल २०७५ असोज ११ गते ९:२८ मा प्रकाशित

दोहोरो अंकको गिरावटसँगै साताको सेयर कारोबार बन्द भएको छ । नेप्से परिसूचक १०.५६ अंकले घटेर १२६७.१८ विन्दुमा ओर्लिएको छ । परिसूचकसँगै कारोबार रकममा पनि कमि आएको छ ।

आज कुल १६९ कम्पनीहरुको २१ लख ९६ हजार ९ सय २६ कित्ता सेयर ५७ करोड ३८ लाख २० हजार रुपैयाँमा कारोबार भएको छ ।

दोस्रो बजारको कारोबार मापक सेन्सिटिभ परिसूचक २.४९ अंकले घटेको छ ।

आज सबैभन्दा बढि निर्जीवन बीमा समुह ६७.०२ अंकले घटेको छ भने जीवन बीमा समुह २९.०७ अंकले घटेको छ । यस्तै बैंकिङ सम्ुह पनि १२.५७ अंकले घटेको छ ।

होटल र उत्पादनमूलक समुह क्रमशः १३.०५ र २६.४७ अंकले बढेका छन् ।

सबैभन्दा बढि कारोबार हुने सूचिमा प्रभु बैंक अग्रस्थानमा रहेको छ ।

आज नेशनल हाइड्रोपवर कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् भने गुमाउनेमा हिमालय पावर पार्टनर, अरुण काबेली रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू