अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५२ | Colorodo: 00:07

विज्ञ सम्मेलनले नेपालको विकासमा ठुलो टेवा पुर्याउछ : एनआरएनए अध्यक्ष भट्ट

बिआरटीनेपाल २०७५ असोज १० गते २०:४४ मा प्रकाशित

गैरआवासीय नेपाली संघ (एनआरएनए) यतिबेला आगामी अक्टोबरमा काठमाडौंमा हुने विज्ञ सम्मेलनको तयारीमा छ। उक्त विज्ञ सम्मेलन आयोजना गर्नुको उद्धेश्यका साथै संघले गरेको पुनर्निर्माणको काम र भावी योजनाबारे अध्यक्ष भवन भट्ट

प्रश्न नं १– एनआरएनएले विज्ञ संम्मेलन आयोजना गर्नुको उद्धेश्य के हो ?
मुलुकको विकासका लागि आर्थिक लगानी मात्र प्रर्याप्त हुदैन । विकासका लागि आर्थिक सँगै बौद्धिक लगानी पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने गैर आवासीय नेपाली संघ (एनआरएन) कोे ठहर रहेको छ । त्यसकारण हामीले विज्ञ सम्मेलन नेपालमा आयोजना गर्न लागेका हौं । यसमा हामीले जानेका बुझेका ज्ञानगुनका कुराहरु नीति नियमहरु विभिन्न सिद्धान्तहरुमा लगानीकर्ताहरुलाई के दिन सकिन्छ भनेर छलफल गर्ने छौं । हामीले ऐतिहासिक रुपमा नेपालमा पहिलो पटक अक्टोबर १२ र १३ तारिखका दिन विज्ञ सम्मेलनको आयोजना गर्दै छौं । यसमा नेपाल सरकारले पनि आफ्नो स्वामित्व लिएको छ । सम्भवत यसको उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीज्यु आउनु हुनेछ । हामीलाई विश्वास छ । यसले नेपाली अर्थतन्त्रमा छुट्टै किसिमले सकारात्मक प्रभाव पार्छ ।

प्रश्न २–एनआरएनएले हाल गरेको पुनर्निर्माणको काम के भइरहेको छ । र यसमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कस्तो प्रतिकृया छ ?
हामीले अहिले गोरखाको लाप्राकमा एकीकृत नमुना बस्ती निर्माणको काम गरिरहेका छौं । यस विषउमा प्राधिकरणले पनि सके सम्म छिटो काम सक्न भनेको छ । उहाँहरु यसमा सकारात्मक नै हुनुहुन्छ । प्राधिकारणसंग हाम्रो यो पहिलो कार्यक्रम भएको हुनाले पनि हामीले यसलाई पुर्ण गर्नु नै पर्ने छ । भौगोलिक रुपमा अलि विकट र अबिरल बर्षाको कारण र समयमा नै सामान पु¥याउन नसकेकाले ४० दिन हाम्रो समय लम्बिन पुगेको छ । केही बाधाहरु आएतापनि काम भने द्रुतरुपमा नै अगाडी बढीरहेको छ । आशा छ अव छिटै काम सकिने छ ।

प्रश्न ३– गैरआवसीय नेपालीहरुलाई नागरिकता दिने विषय कहाँ पुग्यो ?
गैरआवसीय नेपालीलाई नागरिकता दिने विषय संसदमा पुगिसकेको छ । त्यसमा केही क्रुुटिहरु थिए । हामीले त्यसलाई सच्याउन आग्रह गरेका छौं । त्यसलाई सरकारले अत्यन्त सकारात्मक रुपमा लिएको छ ।

प्रश्न ४– एक वर्ष भन्दा बढीको समय बाँकी छ तर एनआरएनएमा चुनाव लागिसक्यो भन्ने बजार हल्ला छ बास्तविकता के हो ?
त्यस्तो होइन । हामी अहिले संगठनको विभिन्न कामहरुमा सक्रिय छौ । जुन तपाईहरुले पनि देखि रहनु भएको छ ।
तर सबै कुराहरुलाई नीतिले फरक पार्छ । त्यही कारण हामीले संघलाई समय सापेक्ष सुधार र निर्वाचनलाई व्यवस्थित बनाउन हामीले यस पटक विज्ञ सम्मेलनका साथ साथै विद्यानलाई समय सापेक्ष संशोधन पनि गर्दै छौं । त्यसका लागि विद्यान सभा पनि बनाउने हाम्रो योजना छ । यसमा कुनै पनि बाहिरी शक्तिले असर नपार्ने खालको नीति बनाउन जोड दिएका छौं । सम्भवत यसमा सबै साथीहरुको सहभागीता हुन्छ भन्ने मैले बिश्वास लिएको छु ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू