अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

नेपाल-भारत खुला सीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७५ असोज १० गते १२:३३ मा प्रकाशित

नेपाल-भारत खुला सीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम बुधवार गौरमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य एवं रौतहट क्षेत्र न.१ का सांसद अनिल कुमार झा विशिष्ट अतिथि भारतीय जनता पार्टीका नेता एवं पूर्व विधायक मोतीलाल प्रसाद ले नेपाल र भारतको सम्बन्ध दुई देश भन्दा पनि हाम्रो बेटी रोटीको सम्बन्ध लाई अक्षुण राख्नमा जोड दिनु भयो ।

नेता द्वयले सीमामा कुनै पनि बहानामा आवत जावतमा अवरोध गर्न खोजे कदापि स्वीकार्य न हुने धारणा राख्नु भयो। कार्यक्रममा प्रदेश सांसद बाबुलाल साह,रामअसिस यादव, राम किशोर यादव,शेख लालबाबु,शेख अब्दुल कलाम आजाद (फुलबाबु)ले सीमामा दुवै देशको जनताबिच रहेको सम्बन्धमा कुनै किसिमको खलल पुग्ने कार्य भएमा त्यस्तो कल्पना गर्ने शक्तिलाई नै धारा साइ गर्ने एक स्वरमा चेतावनी दिनु भयो। कार्यक्रममा गौर नगरपालिकाका मेयर अजय गुप्ता, परोहा नगरपालिकाका मेयर शेख वकिल, मित्र राष्ट्र भारत बैरगनियाका पूर्व मेयर मो.बसीर अन्सारी भाजपाका नेता रामासिस राय, प्रोफेसर राजकुमार सिंह लगायत अन्य वक्ताहरूले सीमामा लगाउने कुनै पनि पर्खाल बेटिरोटीको सम्बन्ध भन्दा बलियो नहुने उदघोष गर्नु भयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू