अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३७ | Colorodo: 18:52

सिलवालको नियात्रा कृति ‘ग्रिनबिचको साँझ’ काठमाडौँमा सार्वजनिक

बिआरटीनेपाल २०७५ असोज १० गते ११:४७ मा प्रकाशित

काठमाडौँ, साहित्यकार छवि रमण सिलवालको नियात्रा कृति ‘ग्रिनबिचको साँझ’ काठमाडौँमा सार्वजनिक गरिएको छ । आफ्नो लन्डन यात्रालाई समेटेर सिलवालले उक्त नियात्रा कृति प्रकाशन गरेका हुन् । विमोचनमा समारोहमा समालोचकद्वय डा. लक्ष्मणप्रसाद गौतम, डा. गीता त्रिपाठी, साहित्यकार/पत्रकार श्री ओम श्रेष्ठ रोदनले पुस्तकमाथि टिप्पणी गरेका थिए ।

उक्त किताबलाई शाब्दिक बुक्सले बजारमा ल्याएको छ । किताबमा नाटककार विलियम शेक्सपियरको जन्मस्थलदेखि बेलायतमा तीज मनाइएको वृत्तान्त समेत उल्लेख गरिएको छ । लेखकले उक्त किताबमा एक साता लामो बेलायत बसाइका अनुभूतिलाई १० वटा विभिन्न शीर्षकमा प्रस्तुत गरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू