अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५४
| Colorodo: 14:09
बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्त काण्डबारे गठित छानविन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सांसदहरुले माग गरेका छन । संसदको मंगलबारको बैठकमा बोल्दै सांसदहरुले हत्याका बारेमा समितिले के कस्तो प्रतिवेदन दिएको छ भन्ने कुरा सदनले थाहा पाउनुपर्ने जिकिर गरेका थिए ।
नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिवेदन अहिलेसम्म सार्वजनिक नगरिएको भन्दै आपत्ती जनाउनुभयो । सांसद चन्ला चौधरीले प्रतिवेदनका बारे सदनलाई जानकारी दिन माग गर्नुभयो । उहाँले बलात्कारका घटना बढेको चर्चा गर्दै बलात्कारीलाई फाँसी दिने गरी कानून सच्याउन समेत माग गर्नुभएको छ । सांसद विरोध खतिवडाले समेत निर्मला हत्यामा राज्य गम्भीर नभएको टिप्पणी गदै प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो ।