अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०६ | Colorodo: 20:21

निर्मला पन्त बलत्कार र हत्या प्रकरण – शून्यबाट अनुसन्धान थाल्न मानवअधिकार संगठनको आग्रह

बिआरटीनेपाल २०७५ असोज १० गते ९:४० मा प्रकाशित

दुईमहिना पहिले बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनाका पुनः शुन्यवाट अनसन्धान थाल्न नेपाल मानवअधिकार संगठनले आग्रह गरेको छ । घटना सम्वन्धमा संगठनले तयार पारेको स्थलगत अनुगमन प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्न वुधवार आयोजित पत्रकार सम्मेलनमा यस्तो आग्रह गरिएको हो । उक्त संगठनले सरकारी प्रतिवेदनको पूर्ण भरोसा नभएको भन्दै संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालको टिमले तयार पारेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै अध्यक्ष अर्यालले निर्मला पन्त हत्याका दशी प्रमाणहरू नष्ट गरिएको भन्दै शून्यबाट अनुसन्धान थाल्न सरकारसँग माग गर्नुभयो । निर्मला पन्त हत्याको घटना नियोजित भएको र घटनाका सबै प्रमाणहरु नष्ट गरिएको उल्लेख गर्दै उहाँले शून्यबाट अनुसन्धान थाल्नुपर्ने वताउनुभयो ।

संठगनका महासचिव महामुनीश्वर आचार्यले सरकारी अनुसन्धान समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा दिएर पुनः काममा फर्केपछि आफूहरू सशंकित बनेर प्रारम्भिक अनुसन्धान गरेको जानकारी दिनुभयो । कार्यक्रममा अधिवक्ता पुष्पराज पौडेलले अनुसन्धानको नाममा सरकारले पीडितलाई ‘रणभुल्ल’मा पारेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू