अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४७ | Colorodo: 15:02

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति ट्रम्प वीच न्युयोर्कमा भेटवार्ता

बिआरटीनेपाल २०७५ असोज १० गते ०:१८ मा प्रकाशित

नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच न्युयोर्कमा भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भागलिन न्युयोर्क पुग्नुभएका प्रधानमन्त्री ओली र राष्ट्रपति ट्रम्पवीच भेटवार्ता भएको न्युयोर्कस्थित नेपाली नियोकले जनाएको छ । राष्ट्रसंघीय महासभाको उच्चस्तरीय छलफलको पुर्वसन्ध्यामा राष्ट्रपति ट्रम्प तथा प्रथम महिला मेलानिय ट्रम्पले आयोजना गरेको स्वागत कार्यक्रममा उहाँहरुवीच संक्षिप्त भेटवार्ता भएको हो ।

भेटमा प्रधानमन्त्री ओलीले नेपालको दीगो शान्ति, विकास र दुईपक्षीय उच्चस्तरको भ्रमणबारे धारणा राखेको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले सिंगापुरमा पछिल्लोसमय सम्पन्न अमेरिका–उत्तर कोरिया वार्ताले विश्वमा सकारात्मक सन्देश दिएको भन्दै राष्ट्रपति ट्रम्पले शान्ति स्थापनाको लागि गरेको पहलको प्रशंसा समेत गर्नुभएको थियो ।

प्रधानमन्त्रीस्तरबाट चार वर्षपछि नेपालका प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपतिलाई भेट्नुभएको हो । न्युयोर्क वसाईका क्रममा प्रधानमन्त्री ओलीले स्वागत कार्यक्रममा उपस्थित अन्य मुलुकका राष्ट्र एवं सरकार प्रमुखसँग पनि भेट गर्नुभएको वताईएको छ । उहाँहरुवीच दुईपक्षीय सहकार्य र उच्चस्तरको भ्रमण आदान प्रदानको बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया