अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५० | Colorodo: 04:05

सुडानी चिकित्सक अदाहलाई राष्ट्र संघीय पुरस्कार

बिआरटीनेपाल २०७५ असोज ९ गते २१:४६ मा प्रकाशित

जेनेभा, दक्षिण सुडानको एक ठुलो निजी अस्पताल सञ्चालन गर्दै आएका एका चिकित्सकलाई संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायद्वारा दिइने नान्सेन पुस्कार प्रदान गरिएको छ । दक्षिण सुडानस्थित बुन्जमा रहेको मबान अस्पतालमा छिमेकमा पर्ने सुडानको ब्लुनिले राज्यबाट आएका १ लाख ४४ हजार शरणार्थीलाई उपचार गरिएको थियो । चिकित्सक इभान आतार आदाहले सञ्चालन गरेको अस्पतालको नाम मबान अस्पताल हो ।

चिकित्सक अदाहले युएनएचसिआरद्वारा प्रदान गरिने पुस्कार प्राप्त गरेका हुन् । उक्त अस्पताल सञ्चालक ती चिकित्सकका कारण यहाँका ठुलो संख्याका शरणार्थीको ज्यान बचेको बताइएको छ । उनले निकै कठिन परिस्थितिमा पनि अस्पतालमा उपचार सेवा दिएका छन् । अस्पतालको एक्सरे मेसिनसमेत फुटेको, अरू सामान पनि यथेष्ट मात्रामा नरहेको अवस्थामा आतार र उनको समूहले एउटा कोठामा एक मात्र चिमको सहायतामै हरेक साता ६० वटा शल्यक्रिया गर्ने गरेका थिए ।

युएनएचसिआरका प्रमुख फिलिपो ग्रान्दीले आतारको यो मानवीय सेवाका कारण उक्त पुरस्कार दिइएको जानकारी दिए । ग्रान्दीले भने, ‘कठिन परिस्थिति र सीमित साधन र स्रोतका कारण पनि अतारले देखाएको मानवीय सेवा प्रशंसनीय छ । त्यसैले यो प्रतिष्ठित पुरस्कार प्रदान गरिएको हो ।’

उक्त पुरस्कारको छनोट शरणार्थी महिला, बालबालिका र अप्ठेरोमा परेका नागरिकलाई गरेको सहयोगको आधारमा गर्ने गरिन्छ । नर्वेको एक समूहले सो पुरस्कार छनोट गर्ने गर्छ । गत वर्ष यो पुरस्कार नाइजेरियाका जनाहा मुस्ताफालाई दिइएको थियो । नाइजेरियाको सशस्त्र समूह बोको हरामले अपहरण गरेका बालिकालाई अपहरण मुक्त गराएबापत दिइएको थियो । रासस/एएफपी 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू