अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४३ | Colorodo: 04:58

गजल

लीलाराज दाहाल २०७५ असोज ९ गते २१:०५ मा प्रकाशित

नबोली नबोली तिमी छेउ आयौ
र ढोकै नखोली तिमी छेउ आयौ ।

सुहाएन प्यारी नयनको इसारा
दबाएर बोली तिमी छेउ आयौ ।

बडा चाडमा आऊ भन्दा नमानी
न माघी न होली तिमी छेउ आयौ ।

रमाऊँ खुसीले थियो आस ठुलो
लिई रिक्त झोली तिमी छेउ आयौ ।

म हेरूँ कसोरी नियालेर प्यारी
न घुम्टी न चोली तिमी छेउ आयौ ।

उठाऊँ कि प्याला थिएँ सोचमा यो
अझै मात घोली तिमी छेउ आयौ ।

बागमती ११, कर्मैया, सर्लाही

प्रतिक्रिया