अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३८ | Colorodo: 16:53

उत्तर कोरियाली नेता किमसँग छिट्टै दोश्रो भेटवार्ता हुने राष्ट्रपति ट्रम्पको भनाई

बिआरटीनेपाल २०७५ असोज ९ गते ९:४४ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको दोस्रो भेटवार्ता छिट्टै हुने वताउनुभएको छ । दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनसँग न्यूयोर्कमा भएको भेटपछि बोल्दै राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँगको सम्बन्धमा धेरै प्रगति भएको पनि वताउनुभयो । उहाँले उत्तर कोरियासँगको सम्बन्ध अन्त्यन्त राम्रो भएको र केही हदसम्म असाधारण रहेको उल्लेख पनि उल्लेख गर्नुभयो ।

यसअघि संयुक्त राष्ट्रसघको मुख्यालय न्यूयोर्कमा बोल्दै ट्रम्पले किमसँग निकट भविष्यमा हुने अर्को भेटवार्ताको व्यवस्था विदेशमन्त्री माइक पोम्पोओले गर्ने वताउनुभएको थियो । तर स्थानको विषय भने निश्चित नभएको उहाँको भनाइ थियो । दक्षिण कोरियाली राष्ट्रपति मुन तीन दिने प्योङयाङ भ्रमणपछि ट्रम्पलाई भेट्न अमेरिका पुग्नुभएको छ । अमेरिका र उत्तर कोरियाको सम्बन्ध सुधारमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

किमले कोरियाली प्रायद्विपको छिटो पूर्ण निःशस्त्रीकरण गर्दै मुलुकको आर्थिक विकास चाहेको मुनको भनाइ छ । गत जुनमा ट्रम्प र किमबीच ऐतिहासिक सिंगापुर शिखर सम्मेलनपछि दुई मुलुकको सम्बन्धले नयाँं मोड लिएको थियो । सम्मेलनमा कोरियाली प्रायःद्विपको पूर्ण निःशस्त्रीकरणका विषयमा महत्वपूर्ण सहमति भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू