अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०३ | Colorodo: 16:18

विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा रिहा

बिआरटीनेपाल २०७५ असोज ९ गते ९:४२ मा प्रकाशित

सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई थुनामुक्त गर्न आदेश दिएसंगै प्रवक्ता विश्वकर्मा रिहा हुनुभएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको मंगलबार बसेको संयुक्त इजलासले प्रवक्ता विश्वकर्मालाई पुनः थुनामुक्त गर्न आदेश दिएको हो ।

सर्वोच्च अदालतले यसअघि पटक पटक थुनामुक्त गर्न दिएको आदेश पालना नगरेको भन्दै सरकारलाई सचेत गराएको थियो । सर्वोच्चको आदेशपछि प्रवक्ता विश्वकर्मा थुनामुक्त हुनुभएको हो । उहाँलाई यसपटक भने प्रहरीले पुनः पक्राउ गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू