अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२८ | Colorodo: 03:43

पोखराको पुम्दीभुम्दीमा वालिकाको हत्या

बिआरटीनेपाल २०७५ असोज ९ गते ९:४० मा प्रकाशित

पोखरा महानरगपालिका–२२ पुम्दीभुम्दी कोदीमा एक वालिकाको हत्या भएको छ । सोमवार साँझ वाट हराईरहेकी स्थानिय कोदीकी १० वर्षीया श्रेया बिक (सुनार) मृत अवस्थामा भेटिएकी हुन् । स्थानीय वासिन्दाका अनुसार बिस्कुट किन्न भनेर पसलतिर गएकी उनी राति अवेरसम्मपनि घर नफर्किएपछि खोजी गर्दा मंगलवार विहान उनको शव घर नजिकको खोल्सा छेउको झाडीमा भेटिएको थियो ।

शवको छेउमै रगत लागेको ढुंगा भेटिएकोले उनको हत्या भएको प्रहरीले अनुमान गरेको छ । स्थानिय वासिन्दाहरुले भने वालिकाको तलको कपडा खोलिएको र माथिल्लो भागको कपडा घाँटीसम्मै सोहोरिएको वताउदै वालिकाको वलत्कारपछि हत्या भएको ठहर गरेका छन् । वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले वालिकाको हत्या गरिएको प्रष्ट भएपनि वलत्कार भएको वा नभएको वारे पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै एकिन हुने वताउनुभयो । वालिकाको शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ । मृत वालिका स्थानीय लीला आधारभूत विद्यालयमा कक्षा ३ मा पढ्ने विद्यार्थी हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू