अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५४ | Colorodo: 16:09

काँग्रेसलाई सर्वश्रेष्ठ र लोकप्रिय पार्टी वनाउन विधान संसोधन गर्नुपर्ने–महामन्त्री कोईराला

बिआरटीनेपाल २०७५ असोज ९ गते ९:३८ मा प्रकाशित

नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली काँग्रेसलाई सर्वश्रेष्ठ र लोकप्रिय पार्टी बनाउने गरी पार्टीको विधान संशोधन गर्नुपर्ने वताउनुभएको छ । नेपाली काँग्रेसको विधान संशोधन सुझाव संकलनका लागि आयोजित गण्डकी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले उक्त कुरा वताउनुभएको हो । काँग्रेसलाई शिरमा राखेर विधानमाथि गम्भीरतापुर्वक सोचेर सुझाव दिन उहाँले नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

भोलिका दिनमा काँग्रेस झन् सक्षम, सुदृढ र आगामी निर्वाचनमा सर्वश्रेष्ठ पार्टी बन्ने ढंगले काम गर्नुपर्ने महामन्त्री कोइरालाको भनाई थियो । भेलाबाट विधान संशोधनका लागि अमूल्य सुझाव प्राप्त हुने कोईरालाले विश्वास व्यक्त गर्नुभयो । अघिल्लो चुनावमा पराजय भोगेपनि क्रमशः काँग्रेसप्रति आकर्षण बढिरहेको वताउँदै महामन्त्री डा. कोइरालाले संविधानसँग मेल खाने गरी विधान संशोधन गर्नुपर्नेमा बताउनुभयो । काँग्रेसले संघीय संरचना अनुसार पार्टी विधान निर्माणका लागि देशैभर छलफल र अन्तरक्रिया कार्यक्रम संचालन गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू