अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५३ | Colorodo: 09:08

संयुक्त राष्ट्रसंघको ७३औं महासभा आजदेखि न्युयोर्कमा सुरु, प्रधानमन्त्री ओलीले बिहीबार सम्बोधन गर्ने

बिआरटीनेपाल २०७५ असोज ८ गते २१:३२ मा प्रकाशित

संयुक्त राष्ट्रसंघको ७३औं महासभामा आजदेखि अमेरिकाको न्युयोर्कमा सुरु हुँदैछ । सम्मेलनमा सहभागी हुन २० सदस्यीय नेपाली टोलीको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली शनिबार अमेरिका पुगिसक्नुभएको छ । सबैका लागि सान्दर्भिक राष्ट्रसंघको निर्माणः शान्तिपूर्ण, समतामूलक र दिगो समाजका लागि विश्वब्यापी नेतृत्व तथा साझा उत्तरदायित्व भन्ने मूल नारासहित आजदेखि सुरु हुने राष्ट्रसंघको महासभामा प्रधानमन्त्री ओलीले बिहीबार सम्बोधन गर्नुहुनेछ ।

बिहीबार नै प्रधानमन्त्रीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ । त्यस्तै महासभाका क्रममा प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि छोटो समय भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रसंघको महासभा सकिएपछि प्रधानमन्त्री ओली शनिबार कोष्टारिकाको औपचारिक भ्रमणमा निस्कनुहुनेछ ।

कोष्टारिकामा चार दिन बस्दा उहाँले त्यहाँका राष्ट्रपति कार्लोस अलभरादो क्युसेकासँग भेटवार्ता गर्नुहुनेछ भने त्यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । सन् १९७७ मा कुटनीतिक सम्बन्ध स्थापना भएपछि पहिलो पटक नेपाली उच्च अधिकारीले कोष्टारिका भ्रमण गर्न लागेका हुन् ।

प्रतिक्रिया