अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१५ | Colorodo: 16:30

म्यानपावरको धरौटी बृद्धि : ठूला कम्पनीलाई ६, सानालाई तीन करोड

बिआरटीनेपाल २०७५ असोज ८ गते २१:२९ मा प्रकाशित

म्यानपावर कम्पनीले राख्नुपर्ने धरौटी ६ करोड ८ रुपैयाँ पु-याउने तयारी गर्दा चर्को विरोध खेपेको सरकारले कामदार पठाएको तथ्यांकअनुसार धरौटीको सीमा तोक्ने तयारी गरेको छ।

सबै म्यानपावरले ६ करोडको एकैखाले धरौटी राख्नुपर्ने व्यवस्थालाई संशोधन गर्दै सरकारले धरौटी रकमको सीमा दुईथरी राख्ने तयारी गरेको हो। विदेशमा धेरै कामदार पठाउने म्यानपावरको धरौटी धेरै र थोरै कामदार पठाएनेको कम गर्ने व्यवस्था मिलाउन सरकार लागेको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतका अनुसार नयाँ व्यवस्थामा वार्षिक पाँच हजार कामदार विदेश पठाउने म्यानपावर कम्पनीलाई ६ करोड रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था गर्न लागिएको छ। यस्ता कम्पनीले दुई करोड रुपैयाँ नगदै र बाँकी चार करोड बराबरको बैंक ग्यारेन्टी वा सम्पत्ति राख्नुपर्नेछ।

वार्षिक पाँच हजारभन्दा कम कामदार पठाउने कम्पनीलाई नगद एक करोड र दुई करोड रुपैयाँ बराबरको बैंक ग्यारेन्टी वा सम्पत्ति राख्नुपर्ने व्यवस्था गरिएको छ।

यो हिसाबले एकखाले म्यानपावर कम्पनीलाई ६ करोड र अर्को किसिमको लाई तीन करोड धरौटी व्यवस्था गर्न लागिएको हो।, यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू