अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१८ | Colorodo: 03:33

दसैँका लागि अग्रिम टिकट बुकिङ खुला

बिआरटीनेपाल २०७५ असोज ८ गते १९:५४ मा प्रकाशित

काठमाडौँ – दसैँ मनाउन घर जाने यात्रुहरूलाई लक्षित गरी असोज ९ देखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । भदौ ३१ गते यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबिच बसेको बैठकले असोज ५ गतेदेखि खुल्ला गर्ने निर्णय गरे पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको भन्दै यातायात व्यवसायीले टिकट बुकिङ खुल्ला गर्न मानेका थिएनन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको बैठकले सरकारले सवारी साधनको भाडा १० प्रतिशत बढाउने निर्णय गरेको भन्दै टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो । महासङ्घका महासचिव पुन्यप्रसाद (सरोज) सिटौलाले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि अनुरूप सार्वजनिक यातायातको भाडा दर समायोजन भएपछि भोलिदेखि टिकट बुकिङ खुलाउने निर्णय गरेको जानकारी दिनुभयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू