नेपालबाट उडेको यात्रु अब एकै दिनमा अमेरिका आइपुग्न थालेका छन् । कतार एअरवेजले मध्य भदौदेखि नेपालबाट उड्ने यात्रुलाई एकै दिनमा अमेरिका ल्याइ पुर्याउन थालेको हो । यसबाट नेपालदेखि अमेरिकासम्मको यात्रा अझ सहज भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २२ घण्टा सञ्चालन हुन थालेपछि कतार एअरवेजले यस्तो सुविधा दिन थालेको हो । त्यसका लागि कतार एअरवेजले काठमांडौमा बिहान २ बजे उडान भर्छ । दोहामा ३ घण्टा ट्रान्जिट हुन्छ । त्यहाँदेखि १२ देखि १५ घण्टाको उडानमा अमेरिकाका विभिन्न सहर ल्याइपुर्याउँछ ।
नेपालको समय अमेरिका समय भन्दा करिब १० देखि १४ घण्टा अमेरिकि शहर अनुसार छिटो छ । कतार एवरवेजको जहाजले ५ घण्टामा दोहा ल्याइपुर्याउँछ र ३ घण्टा ट्रान्जिटमा राख्छ । त्यसको १२ देखि १५ घण्टामा अमेरिकाको विभिन्न सहरमा ल्याउँछ । त्यस हिसाबले नेपालबाट बिहान २ बजे उडेका यात्रा कतार एअरवेजबाट २० देखि २३ घण्टामा अमेरिका आइपुग्छन् ।