अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२३ | Colorodo: 09:38

दशैंका लागि मंगलबार देखि टिकट बुकिङ खुल्ने

बिआरटीनेपाल २०७५ असोज ८ गते ९:२५ मा प्रकाशित

यातायात व्यवसायीहरुले मंगलबार देखि दशैंका लागि अग्रिम बुकिङ खुल्ला गर्ने भएका छन् । सार्वजनिक यातायातको भाडा १० प्रतिशतले वृद्धि भएसँगै व्यवसायीहरुले दशैंका लागि मंगलबारदेखि अग्रिम बुकिङ खुल्ला गर्ने निर्णय गरेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सोमबार बसेको बैठकले मंगलबारदेखि दशैंमा काठमाडौंबाट घर जाने यात्रुका लागि बसको अग्रिम बुकिङ खोल्ने निर्णय गरेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।

बैठकले यातायात व्यवस्था विभागले शनिबार सार्वजनिक गरेको सार्वजनिक यातायातको १० प्रतिशत बढेको भाडा सोमबारदेखि नै लागु हुने गरी अनुमोदन समेत गरेको जनाईएको छ । सरकारले दशैंपछि मात्रै भाडाको विषयमा कुरा गर्ने भने पनि व्यवसायीहरु आफ्नो अडानबाट पछि नहटेपछि भाडा बढाएको थियो । यसअघि गत ५ गतेदेखि अग्रिम टिकक बुकिङ खुल्ला गर्ने सहमति भए पनि पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएपछि व्यवसायीले भाडा समेत बृद्धिको माग राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू