अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३६ | Colorodo: 06:51

परिणाममुखी काम नगरे सरकार सिद्धिने खतरा– नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७५ असोज ८ गते ९:१६ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले जनअपेक्षाअनुसार परिणाममुखी काम काम नगरे सिद्धिने खतरा रहेको वताउनुभएको छ । स्थानीय तहदेखि केन्द्रसम्म नै जन– सर्मथन प्राप्त सरकारले राम्रो काम गर्न नसके जनताले कम्युनिष्ट सरकारको विकल्पसमेत खोज्न सक्ने प्रचण्डले संकेत गर्नुभयो । जिल्ला समन्वय समिति चितवनको दोस्रो जिल्ला सभाको उद्घाटन समारोहलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले विकास निर्माण र रचनात्मक काममा प्रतिपक्षले पनि सहयोग गर्छु भनेको उल्लेख गर्दै वहुमत प्राप्त वर्तमान सरकारले काम गर्र्न नसके कसैलाई पनि दोष दिने ठाँउ नरहने वताउनुभयो । जनताले दिएको विश्वास अनुसार सबैै सरकारहरुले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने अध्यक्ष प्रचण्डको भनाई थियो ।

सरकारले जनमुखी काम गर्न नसके जनताले कम्युनिष्टहरुलाइ पत्याइदिईरहनु पर्दछ भन्ने आवश्यकता नहुने ठहर गर्दै प्रचण्डले यो कम्युनिष्ट पार्टीका लागि निकै दुर्भाग्यको विषय हुने टिप्पणी गर्नुभयो । हरेक स्थानीय तहले प्राथमिकता निर्धारण गरेर हरेक बर्ष गर्ने कामको योजना बनाउने र जनतालाई यथार्थ विषयका बारेमा जानकारी दिन सक्नुपर्ने उहाँको भनाई थियो ।
एक फरक प्रसंगमा अध्यक्ष प्रचण्डले चीन, भारत र नेपाल मिलेर संयुक्त रुपमा ठूला परियोजनाहरु निर्माण गर्न अहिलेको समय अनुकुल भएको वताउनुभएको छ । मुलुकमा १०/१५ हजार मेगावाटका ठूला विद्युत परियोजनाहरु निर्माण गरी अन्तर्देशीय सम्बन्धलाई मजवुत बनाउन सक्ने क्षमता रहेको संभावना औल्याउदै उहाँले त्यसतर्फ सरकारको ध्यान केन्दि«त हुनुपर्ने र तत्काल एक्सनमा जानुपर्ने उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले बुढीगण्डकी जलविद्युत आयोजनामा आफूले गरेको निर्णयमा अहिलेको सरकार पनि आइपुगेको टिप्पणी गर्नुभएको छ । मुलुकको विकाशका लागि पहिले योजनाहरुको प्राथमिकता र समय किटान गर्नुपर्ने र त्यसलाई निश्चित समयमा सम्पन्न गर्नुपर्ने प्रचण्डको सुझाव थियो । जिल्ला समन्वय समितिलाई समन्वय गर्न सक्ने गरी परिकल्पना गरिएको भए पनि अधिकार तथा स्रोत साधन नभएको प्रचण्डले वताउनुभयो । समन्वय समितिमा पर्याप्त बजेट र कर्मचारी हुनुपर्ने उहाको भनाई थियो ।

कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सबै विकास एकपटक नहुने जिकिर गर्नुभयो । थोरै बजेटमा धेरै विकास गर्छु भन्न थाल्यो भने कुनै पनि योजना सफल नहुने भन्दै उहाँले एउटा कामलाई निष्कर्षमा पुराएर अर्को कामको थालानी गर्नुपर्नेमा जोड दिनुभयो ।

चितवन क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोखरेलले चितवनका धेरै भाग विकासबाट बञ्चित रहेको उल्लेख गर्दैै त्यसतर्फ पनि सबैको ध्यान जान आवश्यक औल्याउनुभयो । विकासलाई शहर केन्द्रीत मात्र नभएर गाँउ केन्द्रीत पनि गराउनुपर्ने उहाँको भनाई थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू