अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२० | Colorodo: 13:35

निर्माण व्यवसायी महासंघको अध्यक्षमा कांग्रेस निकट रवि सिंह निर्वाचित

बिआरटीनेपाल २०७५ असोज ७ गते १०:४३ मा प्रकाशित

नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन्। महासंघको ११ औं अधिवेशनबाट रामशरण देउजा, यज्ञध्वज कार्की र पुरुषोत्तम मानन्धरलाई पराजित गर्दै सिंह अध्यक्षमा निर्वाचित भएका हुन्।

उनी नेपाली कांग्रेस निकट व्यवसायी हुन ।  वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक गठबन्धनबाटै युवा व्यवसायी निकोलश पाण्डे निर्वाचित भएका छन्।

यस्तै एसोसिएट उपाध्यक्षमा आङदोर्जी लामा, महासचिवमा रोशन दाहाल, नीतिगत उपमहासचिवमा टंकप्रसाद चौलागाई, आन्तरिकतर्फको उपमहासचिवमा नरहरी थपलिया विजयी भएका छन्। कोषाध्यक्षमा हिरणकुमार श्रेष्ठ र सहकोसाध्यक्षमा सरस्वती कार्की निर्वाचित भएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू