अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०१ | Colorodo: 19:16

सेयर बजारमा २.६१ अंकको बृद्धि, ६९ करोडको कारोबार

बिआरटीनेपाल २०७५ असोज ७ गते १०:३३ मा प्रकाशित

साताको पहिलो कारोबार दिन आज सेयर बजार उतार चढावका बीच २.६१ अंकले बढेर १२५७.६८ बिन्दुमा उक्लिएको छ ।

आज कारोबार आएका मध्ये बैंकिङ, व्यापार, होटल, विकास बैंक, उर्जा र फाइनान्स समूहको परिसूचक बढेको छ । तर निर्जीवन बीमा, जीवनबीमा, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन र अन्य समूहको परिसूचक भने घटेको छ। त्यस्तै १ सय ६७ कम्पनीको ६९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो ।

सो दिन एनआइसी एसिया बैंकको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनका लागानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने कालिका लघुवित्त माइक्रोफाइनान्स संस्थानका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू