अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४० | Colorodo: 17:55

इरान आक्रमणमा अमेरिकी सहयोगप्राप्त इस्लामवादी लडाकू समूहको हात – विदेशमन्त्री जरीफ

बिआरटीनेपाल २०७५ असोज ७ गते ९:४६ मा प्रकाशित

इरान सरकारले दक्षिण पश्चिम क्षेत्रमा शनिबार भएको आक्रमण अमेरिकी सहयोगप्राप्त इस्लामवादी लडाकू समूहले गराएको आरोप लगाएको छ । सरकारले आतङ्कवादी समूहले गोली चलाएको दावी गरेपनि हालसम्म आक्रमणको जिम्मा कुनै पनि समूहले लिएको छैन । इरानमा सैन्य कवाज चलिरहेका समय अन्धाधुन्ध गोली चलेको र आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेकोे र ५३ जना घाइते भएको इरानको राज्य सञ्चालित आइआरएनए समाचार संस्थाले जनाएको छ ।

इरानका विदेशमन्त्री मोहम्मद जावेद जरीफले इरानको दक्षिण पश्चिममा सक्रिय एक अमेरिकी सहयोगप्राप्त संगठन जिम्मेवार रहेको दावी गर्नुभएको छ । अहभाजमा विदेशद्वारा भर्ना लिएको, तालिम दिएको, हतियार उपलब्ध गराएको तथा उनीहरूलाई भुक्तानी गर्नेगरेको आतङ्कवादीहरूले आक्रमण गरेको विदेशमन्त्री जरीफको दावी छ । आक्रमण भएको स्थान अहभाज शहर इरानको इराकी सिमानामा पर्ने खुजेस्तान प्रान्तमा पर्छ । उक्त स्थान इरानमा अल्पसङ्ख्यक मानिने अरब समुदायको बाहुल्यता रहेको क्षेत्र हो । खुजेस्तानमा यसअघि पनि पृथकतावादी हिंसात्मक आन्दोलन हुने गरेको र यसमा तेहरानका क्षेत्रीय प्रतिस्पर्धीहरूको हात रहेको इरानले आरोप लगाउँदै आएको थियो । विदेशमन्त्री जरीफले आक्रमणको तत्काल र निर्णायक जवाफ दिइने चेतावनी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू