अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०४ | Colorodo: 00:19

संसदीय सुनुवाई विशेष समितिको सभापतिमा कर्ण निर्वाचित

बिआरटीनेपाल २०७५ असोज ७ गते ९:३४ मा प्रकाशित

संसदीय सुनुवाई विशेष समितिको सभापतिमा लक्ष्मणलाल कर्ण निर्विरोध चयन हुनुभएको छ । संसदीय सुनुवाई विशेष समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले कर्णलाई सभापतिमा निर्विरोध चयन गरेको हो । एउटै मात्रै उम्मेदवारी परेकाले कर्ण सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको समितिका जेष्ठ सदस्य भिमसेनदास प्रधानले जानकारी दिनुभयो ।

यसअघि पनि जेष्ठ सदस्यको हैसियतमा समितिको सभापतिको भूमिका निर्वाह गर्दै आउनुभएका नवनिर्वाचित सभापति कर्णले समितिको काममा आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले समितिले आफूलाई निर्विरोध निर्वाचित गरेको उल्लेख गर्दै समितिका सबै निर्णयहरु पनि सर्वसम्मत ढंगले सम्पन्न हुने विश्वास पनि व्यक्त गर्नुभयो ।
बैठकमा समितिका सदस्यहरुले निर्वाचित सभापति कर्ण नेतृत्वको समितिले आफ्नो कामलाई उदाहरणीय रुपमा अघि बढाउने विश्वास व्यक्त गरेका थिए । नवनिर्वाचित सभापति कर्ण राष्ट्रिय जनता पार्टी, नेपालका प्रतिनिधिसभाका सांसद हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू