आधुनिक सिकाईका सिद्धान्तहरु संरचनाबाद, मानवताबाद र नवमनोविज्ञानको विधि न्यूरो लीङ्ग्वीस्टिक प्रोग्रामिङमा आधारित हुने पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा आइपिएचडीका संस्थापक निर्देशक तथा शिक्षाविद् डा. विश्वयुधिर पौडेल घर्तीले जानकारी दिनुभयो । एन्.एल.पी. ब्यक्तिगत तथा संस्थागत रुपान्तरणको प्रभावकारी शिक्षण विधिको रुपमा विश्व भरिनै प्रचलित रहेको छ ।
हरेक व्यक्तिमा कुनै न कुनै विशिष्ट क्षमता हुने तर अभिभावकका कारण अर्कै क्षेत्रमा पुग्न बाध्य हुने घर्र्तीले उल्लेख गर्नुभयो । नेपालको शिक्षण विधि गलत रहेको वहाँको जिकीर छ । औपचारिक शिक्षामा उत्कृष्ट बनाउने नाममा आफ्ना छोराछोरीलाई अनावश्यक दवाव दिदा सिर्जनात्मक क्षमतामा ह्रास हुने वहाँको भनाई छ ।
नेपालको सन्दर्भमा शिक्षालाई परिक्षामा पास गर्न तथा शिक्षक र अभिभावकसँगको डरमा निर्भर हुने गरेकाले व्यवहारिक हुन नसकेको वहाँको भनाई थियो । परीक्षा उतीर्ण गर्नको निम्ति मात्र नभई व्यक्ति अथवा संस्थाको सकारात्मक सिकाई नै रुपान्तरणीय शिक्षाबाट प्राप्त हुने घर्तीले जानाकारी दिनुभयो ।
शिक्षक तालिम, ब्यवसायिक र संस्थागत कर्मचारीको लागि टिम विल्डिङ् तालिम, युवा तथा कलेजका विद्यार्थीहरुको लागी ब्यक्तिगत विकास तालिम, साथै चिन्ता, डर, निराशा, घृणा आदि हटाई सकारात्मक जीवन जीउन चाहनेलाई ब्यक्तिगत एन.एल.पी. कोचिङ आदि सेवा प्रदान गरिने बताइएको छ ।