अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३२ | Colorodo: 22:47

कांग्रेसको नेतृत्व लिन तयार छु –शशांक कोइराला

बिआरटीनेपाल २०७५ असोज ६ गते ९:३० मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोेइरालाले पार्टीको नतृत्व लिन तयार रहेको वताउनुभएको छ । पार्टी महाधिवेशनको लागि देश दौडाहामा रहनुभएका कोईरालाले नेपाल प्रेस युनियन नवलपुरको दशौं जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्वोधन गर्दै उक्त कुरा वताउनुभएको हो । कोइरालाले नेता कार्यकर्ताकै भावना अनुसार अघि बढ्ने उल्लेख गर्दै महाधिवेशन आउन अझै केही सयम वाँकी रहेकोले नेतृत्वको विषयमा वढी केहीपनि खुलाउनुभएन । नेता तथा कार्यकर्ताहरुलाई समयमै सूचना दिएर आफ्ना कुरा राख्ने आश्वासन गर्दै उहाँले त्यतिञ्जेलसम्मका लागि धैर्य गर्न सम्वद्ध सवैलाई आग्रह गर्नुभयो ।

अर्को प्रसंगमा महामन्त्री कोईरालाले प्रजातन्त्रप्रति बिपी कोइरालाको संघर्षको प्रसंग कोट्याउँदै नेपाली कांग्रेस प्रेस स्वतन्त्रताको पक्षमा सधैँ रहने वताउनुभयो । प्रेस जगतलाई कुण्ठित गर्न खोजिए त्यस बिरुद्ध कांग्रेसले सडक र सदन दुवै स्थानबाट प्रेस स्वतन्त्रताको पक्षमा आन्दोलन गर्ने कोईरालाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू