अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५० | Colorodo: 17:05

यस बर्षको दसैँको टीकाको साइत सार्वजनिक

बिआरटीनेपाल २०७५ असोज ६ गते ९:२७ मा प्रकाशित

बडा दशै २०७५ को टिकाको सार्ईत सार्वजनिक गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको हो । यस वर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ । असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । झण्डा फेर्दा पश्चिम फर्केर फेर्नुपर्ने जनाईएको छ ।

यस वर्ष असोज २८ गते आइतबार पचली भैरव यात्रा परेको छ । असोज ३० गते मङ्गलबार फूलपाती भित्र्याईने छ । त्यसैदिन बिहान ९ बजेर २१ मिनेटमा तुलजा भवानीको यात्रा गराइन्छ । १० बजेर २ मिनेटमा भवानीलाई स्थिर आसनमा राखिन्छ ।
असोज ३१ गते बुधबार महाअष्टमी, कात्तिक १ गते बिहीबार महानवमी, कात्तिक २ गते शुक्रबार विजयादशमी अर्थात् दसैँको टीका परेको छ । विजयादशमीका दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निस्किएको छ । देवीको प्रसाद लगाउन साइत खोज्नेका लागि बिहान ९ बजेर ५१ मिनेटको साइत जुराईएको छ ।

विजयादशमीकै दिन बिहान ८–३५ वजे तुलजा भवानीको यात्रा गराइन्छ । भवानीलाई बिहान ९ बजेर ४४ मिनेटमा स्थिर आसनमा राखिन्छ । कात्तिक ६ गते मङ्गलबार सबै बलि पूर्ति गरी जमरा सेलाइन्छ । कात्तिक ७ गते बुधबार कोजाग्रत पूर्णिमा व्रत मनाएपछि नेपालीको महान् चाड बडादसैँ समापन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू