अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१० | Colorodo: 04:25

पार्टीका क्रियाकलाप र गतिविधी आत्मकेन्द्रित भएको नेकपा अध्यक्ष प्रचण्डको ठहर

बिआरटीनेपाल २०७५ असोज ६ गते ९:२४ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले ठूलो अपेक्षा गरे पनि पार्टीका क्रियाकलाप र गतिविधि आत्मकेन्द्रित भएको वताउनुभएको छ । वाम नेतृ साहाना प्रधानको चौथो स्मृति सभाको अवसरमा पार्टी मुख्यालयमा शनिबार आयोजित कार्यक्रममा वोल्दै उहाँले २०६२/०६३ देखि पार्टीका क्रियाकलाप र गतिविधि अलि बढी नै आत्मकेन्द्रित भएको ठहर गर्नुभएको हो ।

आत्मकेन्द्रित चरित्रका कारण आफूहरू धूलोमैलो लागेका,  फोहोरीजस्ता भएको प्रचण्डको भनाई थियो । सरकारलाई जनअपेक्षा अनुसार प्रभावकारी बनाएर लैजाने चुनौती नेकपा अगाडि रहेको उल्लेख गर्दे प्रचण्डले पार्टी एकतालाई सुदृढ गरी लैजानुपर्ने आवश्यकता औल्याउनुभयो । मुलुकका अहिलेका चुनौति सामना गर्ने खालका भएकोले उज्यालोतर्फको यात्रामा लाग्न उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।

यसैवीच, नेपाल कम्युनिस्ट पार्टी का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो संविधानसभाको निर्वाचनपछि आफू सहाना प्रधानलाई राष्ट्रपति बनाउने पक्षमा भएको खुलासा गर्नुभएको छ । साहना प्रधानलाई राष्ट्रपति बनाउन आफूले त्यतिबेला एमालेका नेताहरुसँग सकरात्मक सहकार्य गर्ने प्रयास गरे पनि त्यतिबेलाका घटनाक्रमले त्यो सफल हुन नसकेको वताउनुभयो ।
सहाना प्रधान राष्ट्रपतिका लागि उपयुक्त पात्र रहेको उल्लेख गदै प्रचण्डले त्यसमा अहिले पनि गहिरो गरी सम्झना हुनेगरेको स्मरण गर्नुभयो । पञ्चायत र राजतन्त्रको विरोधी आन्दोलमा सहानाको योगदान अविस्मरणीय रहेको अध्यक्ष प्रचण्डको भनाई थियो । नेतृ साहना प्रधान आफ्नो लागि समेत प्रेरणाको स्रोत रहेको प्रचण्डले वताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू