अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०९ | Colorodo: 06:24

नेपाल टेलिभिजनमा संस्कृतमा समाचार सुरु

बिआरटीनेपाल २०७५ असोज ६ गते ८:३४ मा प्रकाशित

काठमाडौँ–नेपाल टेलिभिजनले आजदेखि संस्कृत भाषामा पनि समाचार प्रसारण सुरु गरेको छ ।

हरेक शनिवार बिहान ९ बजे प्रसारण हुने सो समाचारले संस्कृत भाषाको प्रवर्द्धन र संरक्षणका साथै बहुभाषिक पहिचानयुक्त नेपालको भावनालाई राष्ट्रको प्रसारण संस्थाका तर्फबाट सम्बोधनको पहल हुने नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिए ।

टेलिभिजनले थारु, लिम्बू, भोजपुरी, मैथिली, नेवारी, अवधि भाषामा नियमित कार्यक्रम तथा नेपाली, अङ्ग्रेजी र साङ्केतिक भाषामा समाचार प्रसारण गर्दै आएको छ । डा विष्टले उक्त संस्कृत समाचारको प्रतिक्रिया हेरेर संस्कृतका महत्त्वपूर्ण ग्रन्थहरूमाथि संवादका कार्यक्रम पनि सञ्चालन गर्ने बताए ।

नेपाली भाषाको जननी संस्कृति भाषा प्राचीन कालीन नेपालमा प्रयोगमा रहे पनि हाल स्वदेशमा कम प्रयोग र विदेशमा क्रमशः संस्कृतको अध्ययन हुन थालेको सन्दर्भमा संविधान दिवसको सेरोफेरोमा संस्कृत भाषामा समाचार सुरु गरिएको बताए । विसं २०५२ मा पहिलो पटक रेडियो नेपालले संस्कृत भाषामा समाचार प्रसारण सुरु गरेको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू