अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३० | Colorodo: 10:45

मेरील्याण्डमा बन्दुकधारीको गोलीवारिबाट निधन भएकी बृन्दाको अन्तिम संस्कार भोलि आइतबार

बिआरटीनेपाल २०७५ असोज ६ गते ८:१९ मा प्रकाशित

मेरील्याण्डको राइट एड औषधी वितरण केन्द्रमा गोलीवारिमा निधन भएकी बृन्दा गिरीको दाह संस्कार भोलि आइतबार सेप्टेम्बर २३ तारिखका दिन गरिने भएको छ ।

काममा असन्तुष्ट रहेको एक महिला कर्मचारीले अन्धाधुन्ध गोली चलाउँदा आफू सहित अन्य तीन जना अरू कर्मचारी सहितको निधन भएको थियो । उनले काम गर्ने स्थान राइट एड केन्द्र गोदाम घरमा ६५ जना कामदारहरू काम गरिरहेका थिए । उक्त गोलीवारिमा नेपाली पूर्ण आचार्य सहित २ जना घाइते भएका छन् ।

अन्तिम संस्कारको विस्तृत जानकारी:

मिति : सेप्टेम्बर २३,२०१८ आइतबार
समय :बिहान ९ बजे देखि ११ बजे सम्म
स्थान :
Evans funeral chapel & cremation services
8800 Harford Rd
Parkville, MD 21234

प्रतिक्रिया