अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४५ | Colorodo: 03:00

प्रधानमन्त्री ओली आज अमेरिका जादै

बिआरटीनेपाल २०७५ असोज ६ गते ०:२४ मा प्रकाशित

संयुक्त राष्ट्रसङ्घको ७३ औं महासभामा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली शनिबार न्युयोर्कतर्फ प्रस्थान गर्नुहुनेभएको छ ।

असोज ९ गते मङ्गलबारबाट आरम्भ हुने महासभामा प्रधानमन्त्री ओलीले असोज ११ गते बिहीबार सम्बोधन गर्नुहुनेछ । उहाँले सोही दिन युएनका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुने कार्यक्रम समेत छ ।

महासभामा भाग लिनु अघि प्रधानमन्त्री ओलीले सोमबार ९असोज ८ गते ‘नेल्सन मन्डेला शान्ति शिखर बैठक’लाई सम्वोधन गर्नुहुनेछ । यो बैठक दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेलाको सम्मानमा उहाँको शताब्दीऔँ जन्मदिवसका अवसरमा आयोजना हुनेछ ।
प्रधानमन्त्री ओली तथा उहाँकी धर्मपत्नी राधिका शाक्य सोही साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा श्रीमती ट्रम्पले आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुनुहुनेछ ।

उहाँ असोज ९ गते मङ्गलबार संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसले आयोजना गर्नुहुने दिवाभोजमा पनि सहभागी हुनुहुनेछ ।

प्रधामन्त्री ओलीले सोही दिन महासचिव गुटेरेसले आयोजना गर्नुहुने ‘शान्तिका लागि कार्य गर्न उच्चस्तरीय बैठक’ लाई सम्बोधन गर्नुहुनेछ । उहाँले सोही दिन एसिया सोसाइटीमा ‘‘शान्ति, प्रजातन्त्र तथा विकास’’का विषयमा सार्वजनिक व्याख्यान दिनुहुनेछ । अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रुडले उक्त कार्यक्रमलाई निर्देशन गर्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू