अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१७ | Colorodo: 18:32

नेपाल एएफसी यु– १६ महिला च्याम्पियनसिप छनोटबाटै बाहिरियो

बिआरटीनेपाल २०७५ असोज ५ गते १०:०५ मा प्रकाशित

नेपाल एएफसी यु– १६ महिला च्याम्पियनसिप छनोट प्रक्रियावाटै वाहिरिएको छ । म्यानमारसँग ११– १ गोलअन्तरले पराजित भएसँगै नेपाल एएफसी यु–१६ महिला च्याम्पियनसिपको छनोटबाटै बाहिरिएको हो । हलचोकस्थित एपीएफको खेल मैदानमा शुक्रबार साँझ सम्पन्न खेलमा म्यानमारसँग पराजित भएसँगै नेपालको छनोट हुने सम्भवना सकिएको हो । नेपालले पहिलो हाफमा एकपछि अर्को खराब प्रदर्शन गर्दै १० गोल खाएको थियो । नेपालले म्यानमारविरुद्ध कुनै उत्कृष्ट प्रदर्शन गर्न सकेन ।
नेपाली खेलाडीमाथि हावी भएका म्यानमारका खेलाडीले एकपछि अर्को आक्रमक खेल खेल्दै गोलको वर्षा नै ग¥यो । म्यानमारले खेलको १० औं, १७ औं र २० औं मिनेटमा गोल गर्दै ६–० गोलको अग्रता बनाएको थियो । खेलको २८ औं, २९ औं, ३२ औं र ३७ औं मिनेटमा नेपालले गोल खादै १०–० गोलको भारी अन्तरले पछि परेको थियो ।

पहिलो हाफमै १०– ० गोलले पछि परेको नेपालले दोस्रो हाफ भने १ गोल खादा १ गोल फर्काउन सफल भएको थियो । खेलको ६३ औं मिनेटमा म्यानमारले अर्को गोल गर्दै ११–० को अग्रता बनाएको थियो । नेपालको लागि निकिता ठोकरले गोल गर्दै ११ –१ गोलको स्थितिमा पु¥याएकी थिइन् । यसअघि यअसघि बुधबार भएको खेलमा नेपाल फिलिपिन्ससँग ४–० गोलअन्तरले पराजित भएको थियो ।

शुक्रबार भएको अर्को खेलमा फिलिपिन्सले मलेसियालाई १ –० गोलअन्तरले पराजित गरेको छ । नेपाल र मलेसिया दुबै टिम एक खेल खेल्नुअघि नै एएफसी य–१६ महिला च्याम्पियनसिपको छनोटबाट बाहिरिएका छन् भने म्यानमार र फिलिपिन्स आगामी वर्ष थाइल्यान्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपमा छनोट भएका छन् । असोज ७ गते नेपालले अन्तिम खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रिया