अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४३ | Colorodo: 20:58

अमेरिकामा अन्धाधुन्ध गोली प्रहार , ४ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ असोज ५ गते १०:०३ मा प्रकाशित

अमेरिकाको मेरिल्यान्डस्थित एक औषधि भन्डारगृहमा कार्यरत् एक महिलाले आफ्नै सहकर्मी साथीहरुमाथि अन्धाधुन्ध गोली चलाउँदा तीनजनाको मृत्यु भएको छ । गोली चलाउने महिलाले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ । औषधिको गोदामघरमा सहकर्मीहरुबीच विवाद बढ्दै गएपछि गोली चलेको थियो । उक्त घटनामा अरु तीनजना गम्भीररुपमा घाइते भएका छन् ।

स्थानीय प्रहरी अधिकारी जेफ्री गाहलरले बाल्टीमोर निवासी स्नोचिया मोसेलीले चलाएको अन्धाधुन्ध गोलीबाट तीनजनाको मृत्यु भएको र केही घाइते भएको जनाएका छन् । प्रहरीले उक्त गोलीकान्ड हुनुको मुख्य कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ । ती महिला स्वयंले आत्महत्या गरेकाले जवाफमा गोली नचलाएको प्रहरीले स्पस्ट गरेको छ । विगत दुई दिनभित्रै संयुक्तराज्य अमेरिकामा भएको यो तेस्रो ठूलो गोलीकान्ड हो ।

बुधबार पनि विस्कन्सिन राज्यमा अन्धाधुन्ध गोली चलाउँद तीनजना गम्भीर घाइते भएका थिए । पेन्सिलभेनियामा भएको एक अर्को घटनामा एक व्यक्तिले चलाएको गोली लागेर एकजनाको मृत्यु हुनुका साथै चारजना घाइते भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू