अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१८ | Colorodo: 08:33

जमराले निको पार्छ ९९% रोग

बिआरटीनेपाल २०७५ असोज ५ गते ९:३३ मा प्रकाशित

२०५३ सालको कुरा हो। हङ्कङमा काम गर्ने सीता भट्टराईलाई एक्कासि एकैपटकमा धेरै थरीको रोग लागेर नराम्ररी बिरामी भइन् । टाउको टनटन दुख्ने, कमजोरी महसुस हुने र रिङ्गटा लाग्ने हुनु थाल्यो । जचाउँन जाँदा रगतको कमी देखिएपछि उनले रगत बढाउने औषधि खान थालिन् ।

तीन वर्षपपछि नेपाल फर्केर विवाह गरेकी सीता अर्को दुई वर्षपछि गर्भवती भइन् । त्यति बेला उनको शरीरको तौल अस्वाभाविक तरिकाले बढ्न थाल्यो । डाक्टरलाई जचाउँदा छातीमा टि बि भएको अनुमान गरी ६ महिनाको औषधि दिए। तर औषधिले तौल घट्नुको सट्टा झन्झट बढेर ८९ केजी पुग्यो ।

तौल बढी भएकै कारण बच्चा जन्माउन नसकेपछि अपरेसन गर्नुपर्‍यो। अपरेसनबाट छोरा जन्माएकी सीतालाई छोराभन्दा जेठो भएर जन्मिएको रोगले छाडेन। छोरो तीन वर्षको भएपछि क्यान्सरको शङ्का लागेर उनी भारतको रक्सौलस्थित डंकन अस्पताल पुगिन्। टाउको नराम्ररी दुख्ने, ग्याष्ट्रिकले पेट पोल्ने र माइग्रेनले सताउने पीडा भोगिरहेकी सीताको शरीरमा त्यहाँ बायोप्सी गर्दा खास रोग केही पत्ता लागेन।

फेरि २०६८ असारमा हिमाल अस्पताल, ज्ञानेश्वर, काठमाण्डौँमा जचाउँदा डाक्टरले ‘प्यापिलरी कार्सिनोमा थाइराइड क्यान्सर’ भएको शङ्का गरे। उनलाई क्रोनिक थाइराइड र थाइराइड क्यान्सर भएको रहेछ। थप उपचारका लागि उनी दिल्लीको मेट्रो र राजीव गान्धी अस्पताल पुगिन् । त्यतिखेर उनले एकै दिनमा १८ हजार भारतीय रुपैयाँ पर्ने औषधि खानुपरेको थियो। ६ महिनासम्म दिल्लीमै बसेर औषधि उपचार गर्दा पनि व्यथा बिसको उन्नाइस भएन।

उपचारमा कैयौँ रुपैयाँ र समय लगानी गर्दा पनि स्वास्थ्यमा सुधार नदेखिएपछि उनी आफ्नै पुर्ख्यौली घर वीरगन्ज फर्किन्। त्यहाँ बस्दा उनले आफ्नो श्रीमान्का एक साथीको आमाशयको क्यान्सर चितवनका एक जना वैद्यले उपचार गरेर निको पारिदिएको हल्ला सुनिन्। त्यसपछि खोजतलास गर्दै उनले ती वैद्यलाई भेटिन्।

वैद्यले सीतालाई आयुर्वेदिक औषधिका रूपमा दुई थरी दानाहरू दिए । देशविदेशका अनेकौँ महँगा उपचारबाट घट्न नसकेको उनको तौल ५ हजार भारतीय रुपैयाँ शुल्क लिएर वैद्यले दिएका ती दाना खाएपछि क्रमशः घट्दै गयो। त्यसपछि उनले दिल्लीका महँगा अस्पताल चहारेर बटुलेका सबै औषधि खान छाडिन्। वैद्यले ६ महिनाका लागि लेखिदिएका औषधि उनले चार वर्षसम्म खाइन्।

क्यान्सरले भन्दा धेरै उनलाई माइग्रेनले सताएको थियो। क्यान्सरको पीडा त्यति महसुस हुन्थेन तर माइग्रेनले सताएका बेला उज्यालो प्रकाशदेखि चिड्चिडाहट भई लगातार ७२ घण्टासम्म अँध्यारो कोठाभित्र बस्नुपर्थ्यो। त्यस्तो बेला कैयौँ पटक त आफूले आत्महत्याको प्रयास समेत गरेको उनी बताउँछिन्।

त्यस्तो अवस्थाबाट गुज्रिएकी सीताका लागि २०७२ सालको विनाशकारी भूकम्प नै वरदान साबित भयो । काठमाण्डौँको माकलबारी बस्ने उनी त्यतिखेर सानो बुटिक चलाउने गर्थिन् । भूकम्पपछि पीडितहरूका लागि राहत सामग्री लिएर ललितपुरको थली हुँदै लेलेतिर जाँदा एक दिन उनको भेट डा.अपर्ना भट्टसँग भयो ।

भट्टसँगको भेटले उनलाई योगी पवनबहादुर महतरासँग मेल गराइदियो। ती योगी डा. अपर्नाकै फार्ममा उनीजस्ता बिरामी निको पार्ने थेरापिष्टको काम गर्दा रहेछन् । उनी बिरामीलाई अर्गानिक जमराको जुस र अन्य खानेकुरा खुवाउने गर्दथे।

सीताको घरमा बास बस्न आइपुगेका फिलिफिनी नागरिक स्टेफेनी धेरै रोगबाट ग्रस्त भएकै कारण उनै योगीकोमा जाने गर्दथे । त्यहाँ जमराको जुस खाएपछि तिनमा आमूल परिवर्तन आएको सिताले प्रत्यक्ष देखेपछि उनमा पनि जमराको जुस खाने कौतुहलता जाग्यो । भोलिपल्टदेखि नै उनी पनि योगीकोमा जान थालिन् ।

तीन चार दिनसम्म लगातार जमराको जुस खाएपछि उनलाई अनौठो आनन्द महसुस हुन थाल्यो । तर घरायसी कामको जिम्मेवारीले दिनदिनै गइरहने समय नपाएपछि उनलाई विदेशी साथी स्टेफेनीले बरफमा चिसो बनाएर घरमै जमराको जुस ल्याइदिन थाले ।

अचम्मको कुरा त के भयो भने १३ दिनसम्म लगातार जुस पिएपछि उनलाई माइग्रेनले छाड्यो । पहिले अँध्यारोमा छट्पटिँदै बस्नुपर्ने कहालीलाग्दो वातावरणबाट सिताले सधैँका लागि मुक्ति पाइन् । त्यति मात्रै होइन, १३ दिनमै उनको बढी भएको तौल पनि चार केजी घट्यो । त्यस्तो अद्भुत उपलब्धिले उनको जीवनको रङ र रौनक नै बदल्यो ।

जमराको जुसबाट नयाँ जीवन पाएकी सीता सधैँ धाउन नभ्याउने भएपछि योगी महतराले उपयुक्त तवरबाट घरमै जौ र गहुँको अर्गानिक जमरा उमारेर नियमअनुसार नियमित रूपमा जुस बनाई पिउन सल्लाह दिए । त्यसपछि उनले त्यसै गर्न थालिन् ।

त्यसबिचमा सीतालाई काम विशेषले १५ दिनका लागि भारतको दार्जिलिङ जानुपर्ने भयो । घरमा जमराका आँकुरा जुसका लागि तयार हुँदै गरेका थिए । १५ दिनपछि फर्किँदा ती जमरा कुहिएर जान्थे । त्यसरी खेर नजाओस् भनेर त्यही घरमा बस्ने पत्रकार रिता बुढाथोकीलाई जमराको जुस बनाएर पिउन आग्रह गरेर सीताको सपरिवार दार्जिलिङ गयो ।

त्यसपछिका १५ दिनसम्म नियमित जमराको जुस खाएपछि रिताको अनियमित महिनावारी नियमित हुन थाल्यो । महिनावारीका समयमा पेट दुख्ने उनको समस्या थियो । त्यो पनि सदाको लागि समाप्त भयो । रिताले महसुस गरेको लाभबाट झन् बढी उत्साही भएकी सिताले जमराको जुसमा अमृतै अमृत देखिन् । त्यसपछि जमराको जुस उत्पादनमार्फत जनस्वास्थ्यका अनेकौँ जोखिम र कष्ट भोगिरहेका यावत् मानिसको सेवा गर्दै आफ्नो जीवनलाई टेवा दिने व्यवसाय बनाइन् उनले ।

जमराको जुसले सीताको शरीर र स्वास्थ्यमा आएको परिवर्तन देखेर उनका छरछिमेकहरू पनि आश्चर्यचकित हुन थाले । पहिले र अहिलेको आफूबिच तुलना गर्दै उनी भन्छिन्, ‘म पहिला कतिसम्म मोटो थिएँ भने श्रीमान्सँग हिँड्दा पनि मान्छेहरू आमा हो ? भन्दै सोध्थे तर अहिले मेरो तौल सामान्य छ । थाइराइड र क्यान्सर पुरै निको भयो । माइग्रेन र ग्याष्ट्रिक पनि बाँकी छैन । त्यस्तो मान्छे यस्तो भएको देख्दा म आफैलाई अचम्म लाग्छ ।’

छक्क परेका छरछिमेकहरू जमरा उमार्ने र जुस बनाउने विधि हेर्न सीताको घरमा आउन थाले । उनीहरूको स्वागत जमराको जुसबाटै हुन थाल्यो । जमरा उमार्ने र जुस बनाउने काममा उनले गरेको मेहनत देखेर आगन्तुकहरू सित्तैमा जुस पिउन सक्दैनथे । श्रद्धास्वरुप सय/पचास रुपैयाँ भए पनि उनीहरूले दिएकै हुन्थे । अर्गानिक जमरा उमार्न चाहिने मेहनत र लगनशीलताको लगानी छिमेकीहरूले प्रत्यक्ष देखेका थिए ।

सहरमा बसेकी सीता जमरा उमार्ने माटो छनौटमा सबैभन्दा बढी सचेत छिन् । सहरको माटो अनावश्यक रासायनिक तत्त्वले दूषित हुनसक्ने भएकाले उनी जमरा उमार्ने माटो जङ्गलबाट ल्याउँछिन् । निम, तुलसी र गाईको गहुँ त मिसाएर मिहीनसँग धुल्याई घाममा सुकाएपछि मात्रै जमरा उमार्ने मलिलो माटो तयार हुन्छ । राम्ररी ओभाएको माटोलाई चालेर गमलामा राखेपछि उनी गहुँ र जौको बीउ छर्छिन् र पानी छर्केर छोप्दै बिहानको घाममा राख्छिन् । सातौँ दिनदेखि जमरा उम्रन थाल्छ ।

आफ्नो स्वास्थ्यका लागि उत्पादन गरेको जमराको जुसका नयाँ उपभोक्ताहरू थपिँदै गएपछि सिताले दुई वर्षअघि यसको व्यावसायिक उत्पादन थालेकी हुन् । जमरा पेलेर जुस निकाल्ने हाते मेसिन सहितका सामग्रीहरू खरिद गर्न उनले ५० हजार रुपैयाँ लगानी गरेकी थिइन् ।

जुस बनाउने जमरा उमार्न गहुँ र जौको बीउ, माटो र मल सबै अर्गानिक हनुपर्छ । जमरा उमार्ने गमला सकेसम्म प्लास्टिकको हुनुहुँदैन । जहाँतहीँको बीउमा रसायनको मात्रा मिसिएको हुनसक्ने आशङ्काका कारण उनी मुगु, हुम्ला, जुम्ला, मुस्ताङ्लगायतका दुर्गम जिल्लाबाट बीउ खरिद गर्छिन् ।

जे कुरामा पनि व्यापारी करण भएको देख्दा भने सीतालाई डर लाग्छ । जमराको गुणस्तरमा खेलबाड गर्दै लापर्वाहीपूर्वक उत्पादित जमराको जुस बजारमा बिक्री वितरण भइरहेको देख्दा चिन्तित छिन्, उनी ।

सीताको अर्गानिक जुस उत्पादन केन्द्र बौद्धको तीनचुलीमा छ । जुस निकाल्न चाहिने धेरैजसो जमरा उनी आफ्नो घरमै उमार्छिन् । गहुँ र जौको जमराबाट बनेका दुई थरी जुस उनीकहाँ पाइन्छ । म्याग्नेसियम भएको कारण गहुँको जुस गुलियो हुन्छ भने जिंक तत्वका कारण जौको जुसको स्वाद तितो हुन्छ ।

उनको फार्मले काठमाण्डौँका चार ठाउँबाट हरेक बिहानी जमराको जुस वितरण गर्दै आएको छ । ती केन्द्रहरू उत्पादन स्थल बौद्धको तीनचुलीका साथै चाबहिलको गणेश स्थान, लाजिम्पाट र गोंगबुको रानीवारिमा छन् । बिहान ६ देखि ९ बजेसम्म यी केन्द्रहरूबाट उपभोक्तालाई जुस उपलब्ध गराइन्छ ।

जमरामा पाइने तत्त्वहरू
वैज्ञानिक अनुसन्धानअनुसार जमरामा ३ सयभन्दा बढी भिटामिन, खनिज लगायतका पोषणतत्व पाइन्छ । यसमा क्लोरोफिल, भिटामिन ए, भिटामिन बी–१२, भिटामिन सी, भिटामिन डी, भिटामिन ई, भिटामिन के, पोस्फोरस, क्याल्सियम, आइरन, फोलिक एसिड, म्याग्नेसियमलगायत १९ प्रकारका एमिनो एसिड पाइन्छ ।

जमरामा सेलेनियम नामको तत्त्व पाइन्छ जसले गर्दा थाइराइड ग्रन्थिलाई बलियो र स्वस्थ बनाउँछ । यसमा पाइने महत्त्वपूर्णमध्येको एक तत्त्व क्लोरोफिललाई हरियो रगत पनि भन्ने गरिन्छ । यसले शरीरको रगत सफा गर्नुका साथै बुढ्यौलीपनबाट बचाउँछ ।

जमराका ३२ गुणहरू
जमराको जुसमा पाइने पोषण तत्त्वहरूका कारण यसका असङ्ख्य फाइदाहरू छन् । तीमध्येका केही यस्ता छन्

१. चर्मरोगको उपचार गर्छ ।
२. शरीरको तौल घटाउँछ ।
३. भोक कम गराउँछ ।
४. कोषहरूमा जम्मा भएको टक्सिन निकाल्छ ।
५. रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
६. रक्तसञ्चारलाई सन्तुलित बनाउँछ ।
७. कब्जियत हटाई पाचन प्रणालीलाई मजबुत बनाउँछ ।
८. हड्डीको दुखाइ कम गर्नुका साथै सम्बन्धित रोगको पनि उपचार गर्छ ।
९. थकान हटाउँछ ।
१०. शरीरबाट आउने अप्रिय गन्ध हटाउँछ ।
११. शरीरका घाउहरू सन्चो बनाउँछ ।
१२. दाँतलाई मजबुत बनाउनुका साथै मुख गन्हाउने रोगबाट छुटकारा दिलाउँछ ।
१३. कलेजो र रगत सफा गर्छ ।
१४. घामको एलर्जीको उपचार गर्छ ।
१५. साइनस कन्जेसन निर्मूल पार्छ ।
१६. डण्डीफोर र बिबिराबाट छुटकारा दिलाउँछ ।
१७. क्यान्सरबाट जोगाउँछ ।
१८. हयाङ्ओभरमा पुनर्ताजगीपन दिई मुड सुधार्ने काम गर्छ ।
१९. डिप्रेसन न्युनीकरण गर्नुका साथै अनिद्रा हटाउँछ ।
२०. महिनावारीलाई सन्तुलित बनाउँछ ।
२१. महिनावारीका बेला हुने पेट र ढाडको दुखाइ हटाउँछ ।
२२. रोगहरूको सङ्क्रमणबाट जोगाउँछ ।
२३. छालाको चमक जोगाई बुढ्यौली पन आउन दिँदैन ।
२४. विकिरणहरूसँग लड्छ ।
२५. मधुमेह निको पार्छ ।
२६. बुद्धि बढाउँछ ।
२७. चायाँ हटाउँछ ।
२८. पुरुषहरूमा वीर्य बढाउँछ र बाँझोपन हटाउँछ ।
२९. अल्सर, क्यान्सर, पाचन र रगतसम्बन्धी रोगहरू निको पार्छ ।
३०. सुन्निएको सन्चो बनाउँछ ।
३१. आँखाको तेज बढाउँछ ।
३२. जाँड, रक्सी, चुरोटको पनि लत हटाउँछ ।

यस्तो गुणकारी अर्गानिक जमराको जुस सोचेजस्तो सबै ठाउँमा वितरण गर्न नसकेकै कारण सीतालाई सरकारी स्तरबाटै जमराको जुसको वितरण, व्यवस्थापन र लगानी भइदिए हुन्थ्यो जस्तो लाग्छ । सँगसँगै हाम्रो जस्तो कृषिप्रधान देशमा किसानहरूलाई नै अर्गानिक जमरा उत्पादन गर्ने विधिबारे सिकाइ कार्यक्रम ल्याउन सके धेरैलाई राहत पुग्ने सीताको सुझाव छ ।

जमराको जुसको व्यावसायीकरण भएको देख्दा खुसी लागे पनि रसायन नमिसाई अर्गानिक व्यवसाय गर्नुपर्ने उनको धारणा छ । सीता भन्छिन्, ‘हामी हाम्रो शरीरलाई भन्दा आफ्ना सामानलाई माया गर्छौँ । हामीले हाम्रो गाडीलाई पेट्रोल महङ्गो भयो भनेर कहिल्यै मट्टितेल हालेका छौँ त ? तर खानै नहुने चिजहरू चाहिँ ख्यालै नगरी खाइरहेका छौँ । त्यसैले गाडी सर्भिसिङ गरेजस्तै आफ्नो शरीर सफा गरिराखौँ । त्यो काम जमराको जुसले गर्छ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू