अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३४ | Colorodo: 08:49

अफ्रिकी मुलुक सेशेल्समा गैर आवासीय नेपाली सङ्घको ७९ औ एनसिसि गठन

बिआरटीनेपाल २०७५ असोज ४ गते ९:४२ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घको ७९ औ एनसिसिको रूपमा एनसिसि सेशेल्स गठन भएको छ । अफ़्रिकि मुलुक सेसेल्स, अफ्रिकाको सबै भन्दा बढी प्रति ब्याक्ति आय भएको र थोरै जन सङ्ख्या भएको देश हो ।

अफ्रिकाको पूर्वी तटमा अवस्थित टापुहरूको यो देश संसारकै प्रमुख पर्यटकीय स्थल मध्ये एक हो । यहाँ पाँच सय भन्दा बढी नेपालीहरू होटेल र अन्य पर्यटन उद्योगमा कार्यरत छन् । गत हप्ता १३ सेप्टेम्बरका दिन सम्पन्न नेपालीहरूको एक भेलाले राम प्रसाद पन्तको अध्यक्षतामा एनआरएनए सेसेल्सको गठन भएको एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक सुनिल कार्कीले जानकारी गराउनु भएको थियो ।

यसरी अन्य पदाधिकारीहरूमा उपाध्यक्ष मनोज बि.क. र किशोर कुमार महर्जन, महासचिव कम्मान सिंह खत्री, सचिव बिश्वजीत कार्की, कोषाध्यक्ष कोमल राज पान्डेय, सह कोषाध्यक्ष किरण अधिकारी, प्रवक्ता एकराज सुवेदी महिला संयोजक गोमा अधिकारी र युवा संयोजक राम चन्द्र राई रहनु भएको छ । त्यसै गरी सदस्यहरूमा चेतमान कुवर, आइन्द्र लिम्बू र विष्णु चयन हुनु भएका छन् । सङ्घका अन्तर्राष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष हिक्मत थापाका अनुसार सेशेल्स अफ्रिका क्षेत्रको १७औ राष्ट्रिय समन्वय परिषद् र गैरआवासीय नेपाली सङ्घको ७९ औ राष्ट्रिय समन्वय परिषद् बनेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू