अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४३ | Colorodo: 19:58

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नवीन कुमार घिमिरे नियुक्त

बिआरटीनेपाल २०७५ असोज ४ गते ९:३२ मा प्रकाशित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नवीन कुमार घिमिरे नियुक्त हुनुभएको छ । संसदीय सुनुवाई विशेष समितिको बिहिबारको बैठकले उहाँको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो । नाम अनुमोदन भएसंगै विहीवार साँझ उहाँले पद तथा गोपनियताको सपथ लिई पदभार ग्रहण गर्नुभएको छ । संवैधानिक परिषदको भदौ २० गते बसेको बैठकले घिमिरेलाई आयोगको प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार घिमिरेवारे आज संसदीय सुनुवाई भएको थियो । सुनुवाई पछि समितिले उहाँको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । यसअघि समितिमा सांसदहरुले राखेका विभिन्न प्रश्नको जवाफ दिँदै प्रस्तावित प्रमुख आयुक्त घिमिरेले अख्तियारको गरिमा र प्रतिष्ठालाई कायमै राखेर अघि बढने प्रतिवद्धता जनाउनुभएको थियो । आयोगको अनुसन्धानको कामलाई प्रभावकारी बनाउन सक्दो पहल गर्ने योजना समेत घिमिरेले सार्वजनिक गर्नुभएको थियो ।

बैठकमा समितिका सदस्यहरुले आयोगलाई प्रभावकारी बनाउन आवश्यक पहलकदमी लिन घिमिरेलाई सुझाव दिएका थिए । घिमिरे २०७१ सालमा अख्तियारको आयुक्त नियुक्त हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू