अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४९ | Colorodo: 04:04

अन्सारीको हत्यारालाई कारवाहीको दायरामा ल्याईन्छ – गृहमन्त्री थापा

बिआरटीनेपाल २०७५ असोज ४ गते ९:३० मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुनसरीमा अज्ञात समुहले आज हत्या गरेका खुर्शिद अन्सारीको हत्यारालाई कावाहकिो दायरामा ल्याएरै छाड्ने प्रतिवद्धता जनाउनुभएको छ । आज गृहमन्त्रालयमा नेपाल मुस्लिम इत्तेहाद संगठनका प्रतिनिधि मण्डलसँगको भेटमा गृहमन्त्री थापाले घटनालाई आफूले गम्भिर रुपमा लिएको र स्तब्ध भएको वताउदै दोषीलाई जुनसुकै पनि हालतमा कारवाही गर्ने वताउनुभयो ।

गृहमन्त्री थापाले नेपालमा रहेका मुस्लिम समुदायको सुरक्षालाई सरकारले विशेष प्राथमिकतामा राखेको बताउँदै उनीहरुको सुरक्षामा कुनै कसर बाँकी नराखिने प्रष्ट पार्नुभएको छ । उहाँले मृतक अन्सारीप्रति श्रद्धाञ्जली तथा परिवारप्रति समवेदना प्रकट गर्दै मृतकका आफन्त तथा स्थानीयहलाई संयमित हुन समेत आग्रह गर्नुभएको छ । भेटमा संगठनका प्रतिनिधहरुले मुस्लिम समुदायका अगुवामाथि विगत वर्षहरुदेखि भइरहेका आक्रमणकै श्रृंखलाको रुपमा यो घटना भएको बताउँदै दोषीलाई तत्काल पक्राउ गनुपर्ने माग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू