अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१७ | Colorodo: 08:32

सुनसरीमा गोली हानी विद्यालय व्यवस्थापन समिति अध्यक्षको हत्या, भाग्ने क्रममा प्रहरीलाई पनि गोली प्रहार

बिआरटीनेपाल २०७५ असोज ४ गते ९:२९ मा प्रकाशित

प्रदेश नम्बर १ स्थित सुनसरीको हरिनगर गाउँपालिका २ भूताहामा रहेको एक विद्यालयका व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या गरिएको छ । भारतबाट आएको हतियारधारी समूहले रौयान नेसनल पब्लिक स्कुल व्यवस्थापन समितिका अध्यक्ष मौलाना खुर्सिद अन्सारीको गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुई जनाको संख्यामा मोटरसाइकलमा आएको हतियारधारी समूहले खुर्सिदको बिहिबार बिहान साढे ११ बजे गोली प्रहार गरी हत्या गरेका हुन् ।

हत्यापछि उनीहरुले सीमा नाकामा चेकजाँचमा बसेका प्रहरी टोलीलाई समेत गोली हानेर भागेको प्रहरीले जनाएको छ । गोली लागि प्रहरी जवान शिव पौडेल घाइते भएको बताइएको छ । घटनापछि जिल्लाका सम्पूर्ण नाकाहरु शिल गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू