अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 20:17

प्रतिनिधि सभामा संसदीय समितिका सभापति सर्वसम्मत चयन

बिआरटीनेपाल २०७५ असोज ४ गते ९:२७ मा प्रकाशित

प्रतिनिधि सभाका १२ मध्ये १० वटा विषयगत समितिका सभापति सर्वसम्मत रुपमा चयन भएका छन् । समिति सभापतिमा एक-एक जनाको मात्र उम्मेदवारी परेपछि उनीहरू सर्वसम्मत भएका हुन् । शुक्रबार बस्ने प्रतिनिधि सभाको बैठकले उनीहरू सर्वसम्मत निर्वाचित भएको घोषणा गर्नेछ । यसपालि अधिकांश समितिमा महिला सांसदले नेतृत्व पाएका छन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अधिकांश समितिको नेतृत्व महिलालाई दिएको छ । राज्य व्यवस्था समितिको सभापतिमा शशी श्रेष्ठले मात्र उम्मेदवारी दिनुभएको छ । सभापति बनाउनकै लागि श्रेष्ठलाई कानुन न्याय तथा मानवअधिकार समितिबाट राज्य व्यवस्था समितिमा ल्याइएको छ । महिला बालबालिका समितिको सभापतिमा सांसद निरु पालको मात्र उम्मेदवारी परेको छ ।

जयपुरी घर्तीले शिक्षा तथा स्वास्थ्य समितिको सभापतिमा उम्मेदवारी दिनुभएको छ । घर्तीलाई पनि उद्योग वाणिज्य तथा श्रम समितिबाट शिक्षा तथा स्वास्थ्य समितिमा पु¥याईएको थियो । पूर्वउपसभामुख पूर्णकुमारी सुवेदीले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दिनुभएको छ । त्यस्तै पवित्रा निरौला खरेल अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको सभापति वन्नुहुने भएको छ । कल्याणीकुमारी खड्का विकास समितिको सभापति बन्ने निश्चित भएको छ ।
नेकपाबाट पुरुषतर्फ कृष्णप्रसाद दाहाल अर्थ र कृष्णभक्त पोखरेल पोखरेलले कानुन न्याय तथा मानवअधिकार समितिको सभापतिमा उम्मेदवारी दिनुभएको छ । उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता समितिको नेतृत्व संघीय समाजवादी फोरमका विमल श्रीवास्तवले पाउनुभएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भरतकुमार शाहले सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेद्वारी दिनुभएको छ । समितिका सभापतिहरूले राज्यमन्त्री सरह गाडी, सचिवालय र सुरक्षाको सुविधा पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू