अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३८ | Colorodo: 00:53

जितेन्द्र रसिकको अलकापुरी भक्तपुर सार्वजनिक

बिआरटीनेपाल २०७५ असोज ३ गते १२:३२ मा प्रकाशित

भक्तपुर । साहित्यकार तथा लेखक जितेन्द्र रसिकको आठौँ कृति अलकापुरी भक्तपुर र संस्कृतिविद् ओम धौभडेलको भक्तपुर दरबारका मल्लकालिन भारदारहरू नामक दुई कृति बुधवार भक्तपुरमा सार्वजनिक गरिएको छ । भक्तपुर को सुर्यविनायकमा दुवै कृति सार्वजनिक गर्दै कृति लोकार्पण समारोहका प्रमुख अतिथि पुरातत्व विभागका महानिर्देशक भेष नारायण दाहालले विभागले पुरा गर्न नसकेको काम लेखक रसिक र धौभडेलले गरेको बताउनु भयो । उहाँले पुरातत्व विभागको नजर पुग्न नसकेको सम्पदा र संस्कृतिको क्षेत्रमा समेत अलकापुरी भक्तपुर कृतिमा समेटिएकोले आगामी दिनमा ती क्षेत्रमा पनि विभागको ध्यान जाने बताउनु भयो रसिकले भक्तपुर आउन चाहने आन्तरिक तथा बाह्य पर्यटकको लागि निकै उपयोगी र जानकारीमूलक पुस्तक नेपालको संस्कृति क्षेत्रलाई प्रदान गरेको बताउनुभयो ।

अर्का विशिष्ट अतिथि संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगले भानुभक्त आचार्य काठमाडौँ आउँदा भक्तपुरसम्म नआइपुगेकाले काठमाडौँलाई मात्र अलकापुरी देखेको तर रसिक भक्तपुरसम्म आइपुग्दा अलकापुरी भक्तपुर सिर्जिएकाले सिङ्गो भक्तपुर जिल्लाले गौरवान्दित महसुस गर्ने बताउनु भयो । उहाँले हाल सम्म प्रकाशित भक्तपुरका सबै पुस्तकहरूमा मण्डपशैलीका मन्दिरलाई प्यागोडा लेख्दै आएकोमा आपत्ति जनाउँदै अलकापुरी भक्तपुर कृतिले त्यो भ्रम चिरेर मण्डपशैलीका सम्पदाहरूका विषयमा स्पष्ट पारेकोले उक्त कृति भक्तपुरको सम्पदा र संस्कृतिको क्षेत्रमा निकै महत्त्वपूर्ण रहेको बताउनु भयो । त्यति मात्र नभई रसिकका रसिला कलमले कुनैबेलासम्म भक्तपुर जिल्लाको उत्तर खण्ड मनहरा पारिका साँखु सम्पदासँगै साँखु पनि पहिले भक्तपुर नै थियो भन्ने तथ्यलाई उजागर गरेको बताउनु भयो । अलकापुरी भक्तपुर कृतिले नेपालका सम्पदा पुज क आन्तरिक तथा बाह्य पर्यटनमा सघाउने संस्कृतिविद् ग्वंगःको भनाई छ । त्यस्तै भक्तपुरका संस्कृतिविद् तथा लेखक ओम धौभलेलको कृति ‘भक्तपुर दरबारका मल्लकालिन भारदारहरू’ले उनका पुस्ताहरूलाई आफ्नो पुर्खाहरू चिन्ने मौका मात्र नभई भक्तपुरका संस्कृति र सम्पदाका क्षेत्रमा कुन भारदारकहरुको योगदान कस्तो हरेको थियो भन्ने समेत ऐतिहासिक पुस्तक भएको बताउनु भयो ।

कार्यक्रमका अतिथि तथा वरिष्ठ समालोचक डा. देवीप्रसाद सुवेदीले भक्तपुरकै स्थानीय लेखकदयको दुवै कृति मौलिक र यथार्थ विवरण, इतिहास र सम्पदाको नाली बेली भएकाले सम्पदा र मल्लकालिन भारदारका विषयमा जान्न र खोज अनुसन्धान गर्न चाहनेलाई उपयोगी कृति भएको बताउनु भयो । कृतिकार जितेन्द्र रसिकले ८ वर्षको मेहेनतपछी आठौँ कृतिका रूपमा प्रकाशित अलकापुरी भक्तपुरमा हिन्दु, बौद्ध, मुस्लिम लगायत सबै सम्पदा र संस्कृति समेतको बताउनु भयो । उहाँले भक्तपुरको भक्तपुर जिल्लाका ४ वटै नगरपालिकाका संस्कृति र सम्पदालाई कृतिमा समात्नु भएको जानकारी दिनुभयो । त्यस्तै भक्तपुर भ्रमणमा आउन चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि र यो कृतिले भक्तपुर भ्रमणमा आउने यहाँका संस्कृतिका विषयमा जान्न चाहनेका लागि यो कृतिले सघाउने र भक्तपुरका मठ मन्दिर जात्रा, संस्कृति, इतिहास, समाज बारे जान्न सहज हुने अपेक्षा गरेको रसिकको भनाई छ ।

त्यस्तै भक्तपुरका मल्लकालिन भारदार कृतिका लेखक ओमप्रसाद धौभडेलले मल्लकालिन समयमा भारदारहरू को को थिए तिनीहरूका योगदान भक्तपुरको संस्कृति, सम्पदा निर्माण देखि विकास सम्मका विषयवस्तु बारे कृतिबाट जानकारी लिन सक्ने बताउनु भयो । उहाँले कतिपय नलेखिएका इतिहास र आफू भारदारका सन्तान हुँ भन्ने बिर्सिएका उनीहरूकै सन्ततीलाई समेत पुर्खाको योगदान जान्ने अवसर समेत यो कृतिले दिने बताउनु भयो

कार्यक्रममा दुवै पुस्तकमा योगदान गरेका फोटो पत्रकारहरू राम गोपाल तमाखु, विनोद कोजु, आवरण डिजाइनर तथा साहित्यकार मनोज केसी समय, महाकवि चन्द्रप्रसाद न्यौपाने र डा. भगवान् चन्द्र ज्ञवाली लगायतलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । कार्यक्रममा भक्तपुर विकास सहयोग समतिका निवर्तमान अध्यक्ष, कृष्णलाल प्रधान, भक्तपुर साहित्यिक समाजका अध्यक्ष राजुराम मुनंकमी, कथाकार माया ठकुरी, प्राज्ञ मातृका पोखरेल, ज्यापू संस्कृति विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जन लगायतका अतिथिहरू उपस्थित थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू