अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३२ | Colorodo: 19:47

संविधान दिवसको विरोध गर्ने मधेस गठबन्धनका २० जना कार्यकर्ता पक्राउ

बिआरटीनेपाल २०७५ असोज ३ गते ९:३१ मा प्रकाशित

संविधान दिवसको अवसरमा संविधानको विरोध गरिरहेका स्वतन्त्र मधेस गठबन्धनका २० जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । संविधान दिवसको विरोध गरिरहेका स्वतन्त्र मधेश गठबन्धनका २० जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो । पाल्हीनन्दन गाउँपालिका –३, बेलासपुर चोकमा हातमा कालो झण्डा बाँधी स्वतन्त्र मधेशको नारा लगाउदै विरोध जुलुसपछि कोणसभा गर्दैगर्दा गिरफ्तार गरेको हो ।

असोज ३ गते नेपालको संविधान दिवसको दिनलाई मधेसको लागि कालो दिन भन्दै संविधानको दिवसको विरोध प्रदर्श गरेकाले प्रहरीले ती कार्यकर्ताहरुलाई गिरफ्तार गरेको जनाएको छ । स्वतन्त्र मधेस गठबन्धनका जिल्ला संयोजक श्रीकृष्ण यादवको नेतृत्वमा संविधान विरोध कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू