अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५२ | Colorodo: 17:07

देशैभर संविधान दिवसको उत्सव तर मधेसमा कालो दिवस

बिआरटीनेपाल २०७५ असोज ३ गते ९:२९ मा प्रकाशित

देशैभरि संविधान दिवसका अवसरमा देशैभरि विभिन्न कार्यक्रमको आयोजना भइरहेको बेला प्रदेश नं २ भने आज सुनसान वन्यो । संघीय समाजवादी फोरम नेपालको नेतृत्वमा प्रदेश २ मा सरकार गठन भएको छ । त्यो सरकारलाई राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सहयोग गरेको छ । यद्यपि, संविधान दिवसको अवसरमा मधेश क्षेत्रमा आज आयोजित कार्यक्रममा सत्तारुढ फोरम र राष्ट्रिय जनता पार्टी सहभागी भएनन् ।

राजपा नेपालले संविधान दिवसको विरोधमा कार्यक्रम नै आयोजना गरेको थियो । मधेशका २० वटै जिल्लामा उसले कार्यक्रमको आयोजना गरेको हो । जसमा केन्द्रबाट अध्यक्ष मण्डलका सदस्यहरु स्वयं सहभागी भएका थिए भने प्रदेशका मन्त्री तथा राज्यमन्त्रीलाई समेत जिल्ला तोकेर जिम्मेवारी दिईएको थियो । फोरम नेपालको प्रदेश नं २ समितिले भदौ ३१ गते एक विज्ञप्ति जारी असोज ३ गते कालो दिवस मनाउने निर्णय गरेको थियो ।

प्रदेश सरकारका निजामति कर्मचारीले आज विभिन्न कार्यक्रम गरी जनकपुरमा संविधान दिवस मनाए पनि त्यसमा कुनै पनि मन्त्रीको सहभागीता भएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू