अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४० | Colorodo: 17:55

‘अक्षरिका’ को नवौँ वर्ष प्रवेश

बिआरटीनेपाल २०७५ असोज १ गते २२:३५ मा प्रकाशित

डेनभर (कोलोराडो) । नेपाली न्युज लेटर ‘अक्षरिका’ प्रकाशनले नवौँ वर्ष प्रवेश गरेको छ । यसको प्रकाशन सन् २०१० अगस्तमा सुरु भएको हो । अमेरिकामा बस्ने नेपाली-भाषीलाई शिक्षा, जानकारी, हौसला दिने र सक्षम बनाउने उद्देश्यसहित प्रकाशन सुरु गरेको ‘अक्षरिका’का नमुना अङ्कसहित १ सय ११ अङ्क निस्किसकेका छन् ।

सुरुमा ‘अक्षरिका’ एस. एन्ड टी. कम्युनिकेसन्स, म्यानचेस्टर (न्यु ह्याम्सर) ले स्वयं सेवी प्रयासका रूपमा १५-१५ दिनमा निकालेको थियो । सन् २०११ अक्टोबरदेखि यसलाई महिना-महिनामा निकाल्न थालियो । सन् २०११ डिसेम्बरमा ‘ज्ञान ज्योति केन्द्र’ नामक गैरसरकारी संस्था स्थापना भएपछि ‘अक्षरिका’ को प्रकाशन र वितरणको जिम्मेवारी उक्त केन्द्रले लियो । सन् २०१५ मा ‘ज्ञान ज्योति केन्द्र’ भङ्ग भएपछि बिल्डिङ कम्युनिटी अफ न्यु ह्याम्सर (तत्कालीन भूट्निज कम्युनिटी अफ न्यु ह्याम्सर) को मातहतमा निस्कँदै आएको छ ।

सन् २०१२ मा केन्द्रले ‘अमेरिकामा बसोबास’ नामक सहयोगी पुस्तक प्रकाशन गर्‍यो । अमेरिकामा पुनर्स्थापित नेपाली-भाषी भुटानी शरणार्थीहरूको सहयोगका लागि प्रकाशित यो पुस्तकका हरेक भाग नेपाली र अङ्ग्रेजीमा लेखिएका छन् । यस पुस्तकका २ सय २४ पृष्ठका १९ अध्यायमा ३ सय ४० उपयोगी विषयहरू समावेश छन् ।

सन् २०१३ मा अमेरिकी नागरिकता लिँदा दिनुपर्ने परीक्षाका एक सय प्रश्नहरूको अनुवाद गर्‍यो । यसलाई अक्षरिकाको १०० औँ अङ्कमा पनि समेटिएको छ । ‘अक्षरिका’ का नयाँ र पुराना अङ्कहरू, ‘अमेरिकामा बसोबास’ र नागरिकता लिँदा दिनुपर्ने परीक्षाका एक सय प्रश्नहरू https://anyflip.com/homepage/pqge मा पल्टाएर पढ्न सकिन्छ भने https://www.dropbox.com/sh/jz1rdij6q3468x9/AABF7v0qQ9_w3WJySkN1dyd6a?dl=0 बाट डाउनलोड गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू