अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१० | Colorodo: 06:25

सुन्ने र सुनाउने अभियानको आठौँ भाग सफलता पूर्वक सम्पन्न

बिआरटीनेपाल २०७५ असोज १ गते ८:२५ मा प्रकाशित

नेपाल अमेरिका साहित्य सङ्गीत प्रतिष्ठानको सुन्ने र सुनाउने अभियानले आठौँ भाग सफलता पूर्वक सम्पन्न गरेको छ । विविध विषयमा विविध विधाका साहित्यिक श्रीजना वाचन गरिएको यस कार्यक्रमको सभापतित्व विराटनगरका कवि श्री नवराज घिमिरेले गर्नु भएको थियो। 

इन्दिरा रेग्मी भट्टराईद्वारा सञ्चालित उक्त कार्यक्रममा साझा मञ्चको अवधारणामा गठित सुन्ने र सुनाउने अभियान कि अभियन्ता धन पौड्यालकी ममतामयी आमाको निधन प्रति गहिरो शोक व्यक्त गर्न एक मिनेट मौन धारण गरिएको थियो। आमा गुमाउनुको पिडा र आफू प्रति रहेको साहित्यिक लगावले आमाको अवज्ञा गर्नु परेको स्मरण गर्दै यो दु:खद घडीमा सबै साहित्यिक मनलाई साक्षी राखी आफूले साहित्यिक क्षेत्रमा आमालाई थाहा नदिई लागि परेकोमा माफी माग्नु भएको थियो। वहाँको शोक भरिएको उक्त अभिब्यतिले सबैको आँखा रसाएका थिए । यसै प्रसङ्गमा, गायक वसन्त लम्सालले सबै आमाको सम्मानलाई सशक्त आवाजमा गीत गाएर भाव विह्वल बनाउनु भएको थियो । 

कृष्ण घिमिरे, पुरुषोत्तम नेपाल, लाल प्रसाद चौलागाई, सेनु प्रसाद तिवारी, देव भट्टराई, बुद्धि प्रसाद लामिछाने, समीर आचार्य, विकास पण्डित, सरोज भुसाल, ज्ञानेन्द्र काफ्ले, भुपेन्द्र महत, इन्दिरा रेग्मी, बाबुराम अधिकारी, सिता सापकोटा तिवारी, नवराज घिमिरे जस्ता कवि कवयत्रीहरुले आ-आफ्ना श्रीजना बाँच्न गर्नु भएको थियो ।

सभापतित्व ग्रहण गर्नु भएका नवराज घिमिरेले समापनको क्रममा साहित्यिक सङ्घ संस्थामा भएको विभाजन सम्बन्धमा राख्नु भएको जिज्ञासालाई भूपेन्द्र महतले यसको औचित्य र भूमिका बारेमा प्रकाश पार्नु भएको थियो।

यस साझा मञ्चका अभियन्ता गौतम सागर राई लगायत आज उपस्थित हुन नसकेका स्रष्टाले कार्यक्रम सफलताको शुभकामना दिनुको साथै आगामी स्रिंखलामा सहभागिता जनाउने प्रतिबद्धता गर्नु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू