अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४० | Colorodo: 23:55

अमेरिकामा सामुन्द्रिक आँधीबाट अहिले सम्म १२ जनाको मृत्यु, १० लाख ग्राहकहरू अन्धकारमय अवस्थामा

बिआरटीनेपाल २०७५ भदौ ३१ गते १५:१२ मा प्रकाशित

संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना र साउथ क्यारोलाइना राज्यमा आएको फ्लोरेन्स सामुन्द्रिक आँधीबाट अहिले सम्म १२ जनाको मृत्यु भएको छ । यस्तो अवस्थामा मौका छोपेर बसेकाहरूले लुटपाट गरेका छन् । स्थानीय प्रहरीले लुटपाट गर्नेहरूलाई पक्राउ गरिरहेको छ । तीव्र फ्लोरेन्स आँधीले तहस-नहस पारि सकेको छ भने अविरल बर्षा परेको कारण जीवन कष्टमय हुनुको साथै अझ धनजनको नाश हुने भविष्यवाणी गरिएको छ । 

गत बिहीबार देखि आएको सामुन्द्रिक आंधीबेरी तथा निरन्तर बर्षाको कारण नर्थ क्यारोलाइना तथा साउथ क्यारोलाइनाका केही सहरहरूबाट घर छोडेर जानेको सङ्ख्या लाखौँ रहेको छ । निरन्तर बर्षाको कारण सवारी साधन, घर, सडक छताछुल्ल भएको छ भने विशेष गरी जङ्गली जनावर तथा अन्य चिजहरू पनि सबै चिज डुबानमा परेका छन् । साथै १० लाख भन्दा ज्यादा ग्राहकहरू बिना बिजुली बस्न बाध्य भएका छन् । यो सङ्ख्या अझ बढ्ने सम्भावना बढ्न सक्नेछ ।

अमेरिकाको नेसनल हुरी केन सेन्टर अनुसार नर्थ क्यारोलाइना तथा साउथ क्यारोलाइनामा ३० इन्च सम्म मुसलधारे पानी परेको जनाएको छ । मौसम विभागका अनुसार यो ३.५ फुट हुने जनाएको छ भने शनिवार ५ बजे सम्मको जानकारी अनुसार ६० माइल प्रति घण्टाको आँधी अभिलेख गरिएको छ ।

गत शुक्रवार सम्म आधिबेरीको कारण अमेरिका आउने र जाने ९ सय हवाई जहाज रद्द भएका थिए भने आज शनिवार सम्म ८ सय १८ वटा रद्द भएका छन् । र आइतबारको लागि पनि ४ सय ५० वटा हवाई जहाज रद्द गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू