अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०७ | Colorodo: 19:22

जेलबाट दर्जनौँ कैदी फरार

बिआरटीनेपाल २०७५ भदौ ३१ गते १४:२२ मा प्रकाशित

एजेन्सी, म्यानमार । म्यानमारको एउटा जेलमा रहेका दर्जनौँ कैदीहरू आइतबार जेल तोडेर भागेका छन् । आइतबार बिहान कारेन राज्यको हा–आन कारागारका कैदीहरूले एउटा ट्रक नियन्त्रणमा लिई जेलको ढोका फोडेर भागेको अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूका अनुसार कैदीहरूको आक्रमणबाट जेलर घाइते भएका थिए । कैदीहरूले सोही ट्रक लिएर फरार भएका छन् । कारेन राज्यका प्रहरी प्रमुख औङ म्याट मोइले जेलबाट ४१ जना कैदीहरू भागेको जानकारी दिनुभयो । तीन जनालाई भने पुनः प्रक्राउ गर्न सफल भएको पनि उहाँले बताउनुभयो । आक्रमण भएको जेलमा झन्डै दुई हजार कैदीहरू रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू