अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२३ | Colorodo: 01:38

ऐतिहासिक शान्ति वार्ता गर्न रुसद्धारा जापान समक्ष प्रस्ताव

बिआरटीनेपाल २०७५ भदौ ३१ गते ९:२२ मा प्रकाशित

रुसले जापान समक्ष विनासर्त ऐतिहाँसिक वार्ताको प्रस्ताव गरेको छ । रुस र जापानबीच मनमुटाव बढ्दै गएकाले बेला रुसले यस्तो प्रस्ताव अघि सारेको हो । रुस र जापानबीच दोस्रो विश्वयुद्धदेखि जारी मनमुटावलाई अन्त्य गर्न रुसले प्रस्ताव गरेको हो ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापान र रूसको सीमा क्षेत्रमा जमिनको विषयलाई लिएर लामो समयदेखि जारी विवाद वार्ताका माध्यमबाट समाधान गर्नुपर्ने नयाँ प्रस्ताव गर्नुभएको जनाईएको छ । रुसी राष्ट्रपति पुटिनको प्रस्तावमा जापानी प्रधानमन्त्री सिन्जो आवेले भने कुनै प्रतिक्रिया दिनुभएको छैन ।

पुटिन र आवेबीच भौगोलिक सीमानाका विषयमा यसअघि पनि पटक–पटक छलफल भए पनि ती बैठक निष्कर्षविहीन हुँदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू