अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१० | Colorodo: 19:25

सुदूर पश्चिमलाई सुन्दर र विकसित बनाउनु पर्छ– प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ भदौ ३१ गते ९:२० मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमलाई सुन्दर र विकसित बनाउनुपर्ने वताउनुभएको छ । सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको सातौं विश्वविद्यालयसभाको आज बालुवाटारमा उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा वताउनुभएको हो । सुदुरपश्चिम विकासमा पछि प¥यो भनेर सधैं गीत मात्र गाएर अघि नबढ्ने उल्लेख गर्दै उहाँले प्राकृतिक स्रोतले भरिपूर्ण सुदुरपश्चिमका धेरै सम्भावना रहेको र सो क्षेत्रमा आवश्यक पर्ने कृषि, इन्जिनियरिङ, प्राविधिक लगायतको जनशक्ति सुदुरपश्चिमाञ्चल विश्वविद्यालयले उत्पादन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

प्रधानमन्त्री ओलीले शिक्षामा एक बर्ष भित्र संख्यात्मक मात्र नभई गुणात्मक परिवर्तन गरिने वताउनुभएको छ । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालयका सम्बन्धमा उठेका विभिन्न गुनासाहरुका सम्बन्धमा छानविन गर्नका लागि दुईवटा समिति गठन गठन गर्नुभएको छ । विश्व विद्यालयमा समायोजन भएका आंगिक क्याम्पसहरुको अवस्था बुझ्न राष्ट्रिय योजना आयोगका सदस्य उषा झाको नेतृत्वमा र आर्थिक बिषयमा उठेका गुनासाहरुका बिषयमा छानविन गर्न अर्थ मन्त्रालयका सचिबको नेतृत्वमा एक समिति गठन गरिएको हो ।

दुबै समितिले १५ दिन भित्र प्रतिवेदन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्रीलाई बुझाउन निर्देशन दिइएको छ । समितीको प्रतिवेदन अध्ययन गरेर विश्व विद्यालयसभाको बैठक पुन आयोजना गर्ने गरी स्थगित गरिएको छ । कार्यक्रममा वोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सुविविका सहकुलपति गिरिराजमणि पोखरेलले सुदुरपश्चिमाञ्चल विश्वविद्यालयले प्रदेश नंं ७ मा गुणस्तरीय शिक्षा दिनुपर्ने बताउनुभयो । विश्वविद्यालयका उपकुलपति भूषण श्रेष्ठले विश्वविद्यालयलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने थलोका रूपमा विकास गरिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू